Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

खाजा पसलको नाम मा यौन धन्दा

भिडियो माथी छ 
खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुषसहित आठजनालाई समाएको छ। नागरिक दैनिकमा समाचार छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन्। प्रहरीले भरतपुर नगरपालिका वडा नं ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा घरबाट ३६ वर्षकी एक महिला १८ वर्षका दुई युवतीसहित २६ वर्षको एकजना युवकलाई समाएको छ। सो खाजा घरका साहूले केश मिलाउनपर्‍यो भन्दै प्रहरीलाई पाँच हजार रुपैयाँ घूस दिन लागेको पनि प्रहरीको भनाइ छ। त्यस्तै भरतपुर नगरपालिका वडा नं १० हाकिमचोकमा रहेको प्रियंका खाजा घरबाट प्रहरीले देहव्यपारमा संलग्न भएको आरोपमा थप चारजनालाई पक्राउ गरेको छ। प्रहरीले ३५ वर्षकी एकजना महिला २३ र २४ वर्षका दुई युवती तथा ३५ वर्षका पुरुषलाई समाएको हो।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस 

मलाई कामुक ( SEXY) देखिन मन पर्छ : ज्योति [My Brest Make Me sexy ]

नेपाली लोक सांगेतिक क्षेत्रको ब्यापकता संगै यस क्षेत्रमा भित्रिने कलाकारहरुको संख्या पनि गुणात्मक रुपमा थपिदै गएको छ । करिब ७ वर्ष अघि गोविन्द मानन्धरको “मन किन टाढा छ” बोलको गितबाट आफनो सांगेतिक यात्रा सुरु गरेकी ज्योति मगर यति बेला लोक सांगितिक क्षेत्रमा बेग्लै पहिचान बनाउदै चर्चाको शिखरमा छिन् । “उहि मुलाको सिन्की उहि मुलाको चाना र जिम्माबाल बा की छोरी” जस्ता चर्चित गीतमा स्वर दिएकी ज्योति यतिबेला एन टिभी प्लसको एउटा अन्र्तवार्ताबाट अलि विवादित बनेकी छिन् । उनले लगाएको पहिरन उत्ताउलो भन्दै अन्तरवार्ता प्रशारणमा रोक लगाएपछि उनि झन् चर्चामा छन् । आफैले अभिनय गरेको पछिल्लो गितको म्यूजिक भिडियोका केहि दृश्यहरुले पनि ज्योतिका बारेमा उनको पछाडि नराम्रा कुरा काट्नेहरुलाई केही अवसर दियो । लोक गितमा परम्परागत शैली भन्दा केहि फरक दिन पाए लोक विधामा नयाँ अध्यायको सुरुवात हुने थियो भन्ने ज्योतिको मान्यता छ । करिब २ दर्जन गितमा स्वर दिएकी ज्योति मगरसंग लुम्बिनी टाइम्सका लागि चिन्ता परियारले गरेको कुराकानी ।
तपाईको पछिल्लो एल्बम ? 
मैले पछिल्लो पटक ‘पिरतिमा दम छ’ नामक लोक एल्बम बजारमा ल्याएकी छु ।
सांगितिक यात्राको सुरुवात कसरी गर्नुभयो ?
मैले ०६४ सालतिर गोविन्द मानन्धर आर्चायको मन किन टाढा छ बोलको गितबाट यो यात्राको सुरुवात गरेकी हुँ ।
अहिले सम्म झण्डै कति गितमा स्वर दिनुभयो ? 
त्यति धेरै त होईन फेरि पनि संख्यामा भन्नुपर्दा करिब दुई दर्जन जति गितमा मैले स्वर दिएकी छु ।
अध्ययनलाई कहाँ सम्म पुराउनुभयो ?
आई. ए.पढदा पढदै छोडियो हजुर ।
सांगितिक क्षेत्र नै किन रोज्नुभयो ? 
खासमा भन्नु पदा अन्य क्षेत्रमा मेरो कहिल्यै पनि ध्यान गएन । मनमा खाली संगीत संगीत संगीत आउथ्यो त्यो भएर पनि यसै क्षेत्रमा प्रवेश गरे ।
आम्दानीबाट कति सम्म सन्तुष्ट हुनुहुन्छ ? 
करोडौ कमाउने व्यापारीहरु पनि आफनो आम्दानीबाट मानसिक रुपले सन्तृष्ठ हुदैनन् फेरि, हामी कलाकार ।
श्रोताहरुलाई कस्ता गीत दिन पाए हुन्थ्यो जस्तो लाग्छ ? 
आज म जहाँ छु र जे जस्तो छु त्यो सबैको कारण मेरा आत्मिय श्रोताहरु हुनुहुन्छ । उहाँका माया र ममताले मलाई साधारण ज्योतिबाट लोक गायिका ज्योति बनाएको हो । त्यसैले म सधै मेरा श्रोताहरुलाई कालजयी गित दिन पाए हुन्थ्यो जस्तो लाग्छ ।
सांगितिक क्षेत्रमा ग्ल्यामर किन आवश्यक छ ?
तरकारीमा जसरी नुनको आवश्यकता हुन्छ । त्यसरी नै संगीतलाई पनि ग्ल्यामर चाहिन्छ । ग्ल्यामर गितमा मात्र होईन त्यसको शब्द, भाव अनि संगीतमा हुनुपर्छ । अनि फेरि त्यहि ग्ल्यामर गितको म्यूजिक भिडियो पनि हुनु पर्छ । अर्थात ग्ल्यामर भनेको यस्तो चिज हो जो कतै न कतै हुनै पर्छ । जस्लाई राम्ररी पहिचान गर्न सक्नु पर्छ, बुझ्नु पर्छ । गितको शब्द, भाव र संगीतलाई मध्यनजर गरी त्यसमा भेषभुषा र श्रृगार गरी गितको म्युजिक भिडियोको परिकल्पना गरिएको हुन्छ । जुन नबुझी कमेन्ट गर्नु भनेको लाटो देशमा गाँडा तन्नेरी हुनु जस्तै हो ।
पछिल्लो समय तपाईका केहि गित हेर्दा तपाईले मौलिकतामा सिमित लोक सांगितिक क्षेत्रलाई नयाँ आयाम पो दिन खोजेको हो कि जस्तो लाग्छ, खास के हो ? 
धेरै राम्रो प्रश्न गर्नु भयो । वास्तवमा मैले त्यहि चोहेकी हु । केहि फरक गरौ र लोक सांगितिक क्षेत्रमा नयाँ अध्यायको सुरुवात गरौ भन्ने मेरो मुल अभिप्राय हो ।
ज्योति जी, नेपाली लोकसंगीत जहिले ढाकाटोपी र गुन्युचोलीमा देखियो तर अहिले तपाइँले अलिक धेरै कामुक खालका भिडियो र तस्वीरहरु ल्याउनुभयो, यसको कतिपयले आलोचना पनि गर्छन्, तपाइँ के भन्नुहुन्छ ? 
हो, मैले केही परिवर्तन गर्न खोजेँ । जसरी मान्छेलाई रोमान्चित बनाउन सकिन्छ त्यही गरेको हो । मेरा फोटोहरु पनि प्रायः अलि कामुक नै हुन्छन् । मलाई कामुक देखिन मन पर्छ । तर फेरि मैले गुन्युचोली र ढाकाटोपीलाई माया नगरेको हैन, साडीमा खिचिएका तस्बीरहरु पनि छन । नभए फ्यान पेजको वाल चेक गर्नुस ।
THIS NEWS IS COPY FROOM LUMBINITIMES.COM

साउदी अरब गएका ३७ जनाको शव अलपत्र


काठमाडौं, असोज २६– वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका ३७ जनाको शव अलपत्र परेको जानकारीमा उल्लेख छ ।
पिडित परिवारले विगत लामो समयदेखि आफन्तको शव नेपालमा पाउन सकेका छैनन् । साउदी दुतावास, वैदेशिक रोजगार विभाग र कन्सुल विभागले चाँडो शव ल्याउन पहल नगरेका कारण लामो समयदेखि साउदीमा शव अलपत्र परेका हुन् । यसरी अलपत्र परेका शवहरुमा झापाका अम्बरहादुर कार्कीको विगत ६ महिनादेखि शव आएको छैन । त्यसैगरी मोरङकी भद्रशीला श्रेष्ठ, ऐतराज वि।क।, धादिङका सुरेश तामाङ, नवलपरासीका सञ्जय गुरुङ, धनुषाका अरुणकुमार यादव, प्रेमबहादुर थापा, धादिङका सानुकाजी खत्री, गोरखाका पूर्णबहादुर थापामगर, किरण के।सी।, सप्तरीका गोपाल चौधरी, बर्दियाका मानबहादुर पुन, सोमलाल तामाङ, लाल सिंह, हरिबहादुर थापा, दाङका हेमराज पुन मगर, अश्विनीकुमार तामाङ, मोरङका कविन्द्रकुमार साम्वाहाम्फे, अमर थापा, चितवनका मानबहादुर कुमाल, महोत्तरीका गरिबनाथ साह, झापाका रणबहादुर भट्टराई, ताप्लेजुङका गोरेबहादुर कामी, सुर्खेतका जुद्धमान रसकोटी, महोत्तरीका रमेश मण्डल, मोरङका राम मुरामा, सर्लाहीका इनरदेव महतो, सन्देश नेपाली, गुल्मीका दिलबहादुर सिंह, निलम नेम्वाङ, नुवाकोटका कृष्ण नारायण श्रेष्ठ, मोरङका रामेशकुमार चौधरी, मोरङका रामु राई, काभ्रेका दिलबहादुर घिसिङ, मोरङका मेघनाथ पयानगु, ध्रुवप्रसाद भट्टराई कास्की र भीमबहादुर तामाङ रहेका छन् ।
चाँडोभन्दा चाँडो शव नेपाल झिकाइदिन पिडित परिवारले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छन् ।
News Source : Ratopati,Com Nepali

असममा दुई समुदाय बिच भएको झडपमा अहिले सम्म १६ जनाको मृत्यु

पौष २४–
भारतको उत्तर पूर्वी राज्य असममा दुई समुदाय बिच भएको झडपमा अहिले सम्म १६ जनाको मृत्यु भएको छ । कारबी र रेंगमा नागा समुदायको तीन हजार भन्दा अधिक मानिस राहत शिविरको शरणमा रहेका छन् ।

 पछिल्लो केही वर्षमा असममा समय–समयमा सामुदायिक र अलगाववादी संघर्ष हुँदै आएको छ । प्रतिद्धन्द्धी जनजातिय समुदायको बिच कुनै खास हिस्सामा कब्जाको कोशिसका कारण यी समुदाय बिच झडप हुने गरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।

केपीएलटी करबी समुदायको मानिसहरुका लागि अलग राज्यको माग समेत गरेका छन् । 

मंगल ग्रहमा जाने प्रतिस्पर्धा बाट एक जना नेपाली छानिए

काठमाडौं– मंगल ग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्यान्डस्थित संस्था 'मार्स वान'ले दोस्रो चरणमा छानेका १ हजार ५८ जनामध्ये एक नेपाली पनि परेका छन्। मंगल ग्रहको एकतर्फी यात्राका लागि पाल्पा रामपुरका २१ वर्षीय समीर न्यौपाने छानिएका हुन्। मार्स वानले दोस्रो चरणमा १ सय ७ देशका नागरिक छानेको थियो।

मार्स वानले अझै विभिन्न चरणमा छनोट गर्नेछ। यसरी छानिएकामध्ये २०२४ मा पहिलोपटक चार जनालाई मंगल ग्रह पठाइनेछ। मार्स वानले प्रत्येक २ वर्षमा चार जनाका दरले ४० जना पठाएर मंगल ग्रहमा बस्ती बसाउने योजना बनाएको छ। यसरी जानेमा पुरुष र महिला बराबर हुनेछन्। उनीहरूले त्यहाँ स्थापना गरिने प्रयोगशालामा विभिन्न वैज्ञानिक परीक्षण गर्नेछन्।
विज्ञान विषयमा प्लस टु गरेका न्यौपानेसहितका आवेदकले पहिलो चरणमा आफ्नो व्यक्तिगत विवरण, किन मंगल ग्रह जान चाहेको भन्नेबारे एक मिनेटको भिडियो र तीन प्रश्नको जवाफ पेस गरेका थिए।
'दोस्रो चरणमा भने शारीरिक तथा मानसिक अवस्थाबारे परीक्षण हुन्छ। शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त व्यक्ति तेस्रो चरणका लागि छानिन्छ,' न्यौपानेले भने, 'क्षेत्रीय रूपमा परीक्षा लिने भनिएको छ। चीन वा भारतमा हुनसक्छ। त्यसपछि मात्रै आयोजकहरूले तेस्रो चरणमा को–को छनोट हुन्छ भनेर घोषणा गर्छन्।'
सानैदेखि विज्ञान तथा अन्तरिक्षसम्बन्धी फिल्ममा रुची राख्ने न्यौपानेले अहिले मंगल ग्रहबारे भेटेसम्म अध्ययन गरिरहेका छन्। 'त्यहाँबाट यहाँ सन्देश आइपुग्नै दस मिनेट लाग्छ,' न्यौपानेले भने, 'पृथ्वीमा भने रियल टाइममा घटना हेर्न सकिन्छ।' न्यौपाने बाबु, आमा, बहिनीसँग काठमाडौंमा बस्दै आएका छन्।
पहिलो चरणमा विश्वभरबाट २ लाखभन्दा बढीले ६ अमेरिकी डलर तिर्दै मंगल ग्रह जाने इच्छा देखाएका थिए। अहिलेको रकेटको गतिमा मंगल ग्रहमा पुग्न ६ देखि ८ महिना समय लाग्छ। मंगल ग्रहमा जाने अन्तरिक्षयात्रीको हरेक गतिविधि टेलिभिजनमा चौबीसै घन्टा र वर्षभरि नै हेर्न सकिने व्यवस्था मिलाइनेछ।
न्यौपानेले आफू मंगल ग्रह जानेमा विश्वस्त रहेको बताए। 'मंगल जान पाउनेमा म ढुक्क छु,' न्यौपानेले भने, 'म नभए पनि एस्ट्रोनोमीको विषयमा अध्ययन गर्ने रुचि बढाएको छ। यसले अन्यलाई पनि यस क्षेत्रमा आकर्षित गर्नेछ भन्ने विश्वास छ।'
क्यानडाबाट ७५, भारतबाट ६२, रुसबाट ५२ र चीनबाट ४० जना दोस्रो चरणमा छानिएका छन्। डच उद्यमी बास ल्यान्सडेर्पले २०१२ मेमा मार्स वान परियोजनाको घोषणा गर्दै १५ अर्ब अमेरिकी डलर छुट्ट्याएका छन्।
संस्थाले द बिग डोनर सो र द बिग ब्रदर सोको सिर्जना गर्नेमध्येका एक पाउल रोमेरलाई मार्स वान परियोजनाको एम्बासडर (दूत) बनाएको छ।
मार्स वानले सन् २०१८ मा पहिलोपटक रकेट पठाउने योजना बनाएको छ। यस मिसनमा मंगल ग्रहमा आवश्यक पर्ने २ हजार ५ सय किलो विभिन्न वस्तुका अंश पठाइनेछ। त्यसमा सोलार प्यानलदेखि मिसनका लािग आवश्यक पर्ने सामग्री हुन्छन्।
त्यस्तै, २०२० मा मानिस बासोबास गर्न उपयुक्त स्थान कहाँ हुन्छ भनेर अध्ययन गर्न रोबोट पठाइनेछ।

सामान्य रिक्सा चालकले 'फेसबुक चलाएर' दिन दुखीलाइ राहत वितरण

सामान्य रिक्सा चालकको कति ठुलो मन | जाडोबाट प्रभावित दिनदुखीलाई राहत वितरण

बिहान चार बजेदेखी बेलुकी सात बजेसम्म रिक्सा चलाउने केदार तिमल्सिनाले कतिबेला फेसबुक चलाउनुहुन्थ्यो होला, सहज अनुमान लगाउन सकिन्छ। हामी प्रायः फेसबुकमा झुण्डिरहेका हुन्छौँ तर फेसबुकबाट अहिले सम्म कतिवटा राम्रा र लायक काम गर्‍यौँ होला ??? रौतहटका केदार दाजुले रिक्सा चलाएर बचेको समयबाट कति राम्रो काम गर्नुभएछ !
रौतहटको च्नद्रनिगाहपुरमा एक रिक्सा चालकले जाडोबाट प्रभावित भएका विपन्न परिवारलाई राहत वितरण गरेका छन् । विभिन्न समाजिक सञ्जालका माध्यमबाट समाग्रीहरु संकलन गरेर राहत स्वरुप वितरण गर्नुभएको हो ।
फेसबुकको माध्यमबाट रौतहटको मौषमी अवस्थाको बारमा स्टाटसमा लेख्दै आउनु भएका रिक्सा चालक केदार तिमल्सिनालाई काठमाण्डौस्थित लक्ष्मी प्रतिष्ठाका अध्यक्ष विष्णु गौतमले कपडा पठाउनु भएको थियो ।
News Source

चार नेपाली विद्यार्थी लन्डनमा पक्राउ

लन्डन, पुस २१ - एक नेपाली छात्राको साथमा रहेको हाते झोला लुटिएपछि त्यो खोस्ने क्रममा लखेट्दै चोर पिटेको अभियोगमा चार नेपाली विद्यार्थीले गिरफ्तारीसहित जेल सजाय भोग्नु परेको छ । घट्ना गत २२ डिसेम्बर राती भएको हो । सेन्ट्रल लन्डनस्थित सोहोमा चालु एक जापानीज रेष्टुरेन्टमा कार्यरत नेपालीहरु कामपछि त्यहीं क्रिसमस पार्टी गरेर घर फर्कंदै थिए, एक अपरिचित व्यक्तिले नेपाली छात्राको ह्याण्ड व्याग लुट्यो ।
व्याग लुटिएपछि नेपालीको समूहले त्यो चोर लखेट्दै पिट्न थालेको र एक विदेशी युवतीले तिनलाई छुट्याउन खोज्दा युवतीलाई नै पिटेको अभियोग प्रहरीले  विद्यार्थीमाथि लगाएको छ । झगडाबीच कसैले प्रहरी बोलाइदिएपछि प्रहरी तत्काल आइपुग्दा चोर त भागिसकेको थियो तर नेपाली विद्यार्थी समातिए । गिरफ्तार विद्यार्थी छुटाउन लन्डनस्थित नेपाली दूतावासको पहल पनि काम लागेन ।
अन्ततः ति विद्यार्थीलाई प्रहरीले हातपातको अभियोगमा गिरफ्तार गरि जेल लगेर मुद्दा दायर गर्यो । समातिएका मध्ये एकजना भोलिपल्ट र तीन विद्यार्थी साता दिन पछि जेलबाट धरौटीमा रिहा भएका छन् । हाइवरी कोर्टले जनही दुई हजार पाउण्ड (करिब तीन लाख बीस हजार रुपैयां) मा ति चार जनालाई धरौटीमा रिहा गरेको हो, जसको सुनुवाइ आगामी ७ जनवरीका दिन दक्षिण पूर्वी लन्डनको क्राउन कोर्टमा हुंदैछ । यो मुद्दा हेर्न विद्यार्थीलाई सरकारी वकिल दिइएको छ । मुद्दा छिनोफानो हुन कम्तीमा तीनमहिनासम्म लाग्ने अनुमान छ । विद्यार्थीले भने आफूहरु निर्दोष रहेको दावी गर्दै अभियोग अस्वीकार गरेका छन् ।
सोलिसिटर राजु थापाका अनुसार, बेलायतको कानुनले जो कोहीमाथि हातपात गर्नुलाई गम्भीर अपराधका रुपमा लिन्छ । धरौटीमा रिहा भएपनि ति विद्यार्थीलाई सांझ ६ देखि विहान ६ बजेसम्म कतै हिंड्डुल गर्न बन्देज छ भने उनीहरुलाई विद्युतीय ट्याग लगाइएको छ । यस अवधिमा उनीहरुले आफ्नो ठेगाना परिवर्तन गर्न पाउने छैनन् भने ट्राभल डकुमेन्ट लिन र इंग्ल्याण्ड तथा वेल्स् जान पनि प्रतिवन्ध छ ।
लहैलहै र पार्टीको सुरमा आक्रामक बन्दा आइलागेको कानुनी झमेलापछि ति विद्यार्थीको अध्ययन र जागिर गुम्ने खतरा त बढ्यो नै, ति विद्यार्थीका परिवारलाई समेत चिन्तित तुल्याएको छ ।

New Load-selling Schedule [ लोड्सेलिंग बढ्यो ( तालिका सहित ) ]

काठमाडौं, पुस २१ - नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लागू हुने गरी लोडसेडिङको समयावधि बढाएको छ ।लोडसेडिङ बढेसँगै आइतबारदेखि हप्ताको ८० घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले चार दिन ११ घण्टा र तीन दिन १२ घण्टाका दरले लोडसेडिङ हुने जनाएको छ ।यस अघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

गीत गाउदा गाउँदै ब्रिट्नीको लुगा फुस्क्यो [ भिडियो सहित ]

पुस १९ ( हाम्रो ब्लग ) -
अमेरिकी पप गायिका ब्रिट्नीलाई हजारौं दर्शक सामु
झण्डै लाजमर्नु भएको छ । ३२ वर्षीय गायिकाले स्टेजमा गाउँदा गाउँदै उनको लुगा फुस्केपछि त्यस्तो स्थिति सृजना भएको हो । तर धन्न कपडा पुरै खोलिनुअघि नै उनका ब्याकप डान्सरले त्यसलाई देखेपछि उनी अझै ठूलो दूर्घटना हुनबाट बचेकी थिइन् । दर्शकहरुले उक्त प्रस्तुतीलाई आफ्नो मोइबाल र क्यामाराबाट खिचिरहेका थिए र एक दर्शकले उक्त भिडियोलाई युट्युवमा अपलोड गरेपछि अहिले त्यो निकै चर्चित बनेको छ । यसरी लुगा फुस्किँदा पनि ब्रिटनी नआत्ती आफ्नो प्रस्तुतीलाई जारी राखेकी थिइन् । सायद अब आइन्दा आफ्नो लुगामा उनले विशेष ध्यान दिनेछिन् ।

राजधानीमा कार बम बिस्फोट, १० को मृत्यु

सोमालिया, पुस १८(एजेन्सी)–सोमालियाको राजधानि मोगादिसुमा दुई ओटा शक्तिशाली कार बम बिस्फोट हुदा १० जनाको मृत्यु भएको छ । सोमालियाका राजनीतिज्ञ र बिदेशी पर्यटक गईरहने स्थानिय जजिरा होटल बाहिर बिस्फोट भएको हो । आक्रमण सोमालि ससस्त्र समुह अल सबाबले गरेको हुन सक्ने आशंका गरिएको छ । पहिलो कार बम विस्फोट भए लगत्तै सुरक्षा कर्मिले पनि जवाफी आक्रमण शुरु गरेका थिए । अल सबाबले अहिले पनि सोमालियाका अधिकाँस दक्षीणी तथा केन्द्रका भुभगहरुमा कब्जा जमाएको छ । उसले राजधानि मोगादिसुमा पनि लगातार आक्रमण गर्दै आएको छ ।
News source : www.ratopati.com

गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई आममाफी नदिन सर्वोच्चको आदेश

१७ पुस, काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनाका दोषीलाई आममाफी नदिन आदेश दिएको छ । सरकारले जारी गरेको वेपत्ता भएका व्यक्तिको छनविन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेशविरुद्ध परेको रिटमा फैसला सुनाउँदै सर्वोच्चले अध्यादेश्का दफा २३, २५ र २९ संशोधन गर्न आदेश दिएको हो ।
अध्यादेशका २३, २५ र २९ दफा संविधान र न्यायको सिद्धान्त संगत नदेखिएकाले संशोधन गरेर मात्र अध्यादेश जारी गर्न सरकारको नाममा जारी परमादेशमा भनिएको छ-’अध्यादेशको दफा २३ को माफीसम्वन्धी व्यवस्थाले अध्यादेशको दफा २ -ञ) मा समावेश भएका कसुरहरुमा समेत समग्रमा क्षमादानको सिफारिस नगर्ने प्रत्याभूति दिएको नदेखिएकोर माफीको प्रक्रियाको विषय बनाएको एवं माफी प्रक्रियामा पीडितको सहभागिता र सहमतिलाई अनिवार्य नबनाई गौण बनाएको देखिएकाले पीडितको न्यायसम्वन्धी मौलिक हक अन्तरगत जीवन स्वतन्त्रता, सूचनाको हक, यातनाविरुद्धको हक लगायत न्यायको मान्य सिद्धान्तको विपरित देखिएकाले यो व्यवस्थालाई पुनरावलोकन गरी उपरोक्त बमोजित परिमार्जन र संशोधन गर्नु पर्ने ।’
This Is Copied News and News from : www.onlinekhabar.com

'छोराछोरीले आमा खोई भन्दा मैंले के जवाफ दिने'

सल्यान (मोख्ला), पुस १७ - तीन वर्षअघि मलेशिया गएर फर्किएका श्रीमान लालबहादुर घर्तीलाई स्वागत गर्न तीन दिनअघि काठमाडौँ पुगेकी थिइन रुकुम छिवाङ १ की २२ वर्षिया करुणा घर्ती ।

विदेशमा श्रीमानले दुःख गरेर कमाएको रकम खर्च गरेर ल्याइदिएको कोशेली बोकेर फुरुङ हुँदै श्रीमानसँगै घर फर्किएका करुणा आफ्नो घरमा पुग्न नपाई कहिल्यै नर्फकने गरी विदा भईन ।

बुधबार विहान साढे ४ बजे सल्यानको वाँझकाँडा गाविस १ मोख्लामा भएको दुर्घटनामा करुणसँगै ८ जनाको ज्यान गयो । करुणका श्रीमान लालबहादुरले आफ्नै अगाडी छट्पटाउदै गरेकी श्रीमतीलाई बचाउन सक्नुभएन ।

“बुबालाई ल्याएर आउँछु भनेर हिंडेकी श्रीमती गुमाईयो,’ पत्नि वियोगमा परेका घर्तीले आँसु  खसाल्दै भन्नुभयो ‘अब घरमा छोराछोरीले आमा खोई भन्दा मैंले के जवाफ दिने ?”

‘गाडीका चालक  निदाएपछि सडक छेउको ढुंगामा ठोक्किएर अनियन्त्रित भएपछि बस पल्टिँदै शारदा नदीमा गयो’, उहाँले भन्नुभयो ‘मैंले वरीपरि छामछुम गरे, बसको सिसा भेटियो, त्यहि फोडेर वाहिर निस्किएँ, तर सँगै बसेकी श्रीमतीलाई निकाल्न सकिँन ।' घर्तीका अनुसार गाडी पल्टेको आधा घण्टापछि प्रहरी र स्थानियबासिन्दा उद्धारका लागि घटनास्थलमा पुगेका थिए । गाडीमा झण्डै ८० जना यात्रु सवार रहेको दमाचौर २ सल्यानका ज्ञान बहादुर चन्दले बताउनुभयो । ‘म मुढामा बसेको थिएँ, तीन बल्ड्यांग खाएपछि बस खोलामा पुग्यो’, दुर्घटनामा घाइते भएका चन्दले भन्नुभयो ‘धेरै यात्रुको नदीको चिसो पानीमा डुवेर ज्यान गएको छ, म पनि तल्लो पट्टी च्यापिएको भए वाँच्ने थिइन होला ।’

नेपाली सेनाको कालिशक्ती गण हेटौँडा कार्यरत उहाँ घर फर्कदै गर्दा दुर्घटनामा परेर बाँचेको चन्दलाई पुर्नजिवन पाएकोमा गाउँ घरका साथीहरुले दुर्घटनास्थलमा नै बधाइ दिइरहेका थिए ।
Nepali News , Bus accident in nepal , Nepal salyan , 8 people died on accident, very sad news

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा


२७ मंसिर, काठमाडौं । पुलिसलाई पराजित गर्दै डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एनसेल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरे
को छ । बिहीबार भएको खेलमा मनाङले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा पुलिसले २९ औं मिनेटमा रविन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ५६ औं मिनेटमा मनाङका योनाले गोल गर्ने मौका गुमाए ।
६८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले बराबरी गोल फर्काए । खेलको ८४ औं मिनेटमा पाएको फि्र किकमा पुलिसका भोला सिलवालको प्रहारमा सुमन सुवेदीले हेडगोल गोल गरेपनि रेफ्रीले अफसाइड दिए । ८६ औं मिनेटमा योना इलियसले मनाङका लागि गोल गरे । खेलमा थप गोल हुन सकेन र मनाङ २-१ को जितका साथ अन्तिम चारमा पुग्यो 

एमाओवादीलाई कोइरालाको प्रश्न : नमान्ने भए कहाँ जाने ?

२७ मंसिर, काठमाडौं । आफैंले बनाएको संविधानसभा अदालतलाई नमानेर एकीकृत नेकपा माओवादीले कानूनको शासन एवं जनतामाथि खेलवाड गर्न खोजेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आरोप लगाउनुभएको छ । एमाओवादीले भनेजस्तो धाँधलीको छानविन गर्ने आयोग बन्न नसक्ने र संविधान पनि सशोधन नहुने डा. कोइरालाको भनाइ छ ।
sekher-koirala-1
‘संवैधानिक अदालत बनाउनुपर्छ र यस्ता विवादहरु त्यहीँबाट टुंगो लगाउनुपर्छ भन्ने उहाँहरु नै हो, आज त्यही संविधानसभा अदालतबाट चुनावमा भएको भनिएको धाँधलीबारे अनुसन्धान गरौं भन्दा उहाँहरु नै मानिरहनुभएको छैन’, डा. कोइरालाले अनलाइनखबरसँग भन्नुभयो- ‘अदालतलाई नमान्ने भए कहाँ जाने ?’
बाह्रबुँदे समझदारीयताका शान्ति प्रक्रिया र सम्वादमा सक्रिय भूमिका खेल्दै आउनुभएका सभासद् कोइराला यतिबेला भने तीन दलीय वार्ता र छलफलमा देखिनुभएको छैन । तर, सहमतिविना अर्को बाटो नभएको उहाँको भनाइ छ । विहीबार अनलाइनखबरसँग कुरा गर्दै कोइरालाले भन्नुभयो, ‘सहमतिविना अर्को बाटो छैन, सहमतिको सरकार बनाउनका लागि अन्तरिम संविधानको धारा ३८-१)मा स्पष्ट व्यवस्था छ । ठूलो दल बनेको नेपाली कांग्रेस एमाले, एमाओवादी र मधेसवादीलगायतका दलहरुसँग मिलेर ३८-१) अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउन चाहन्छ ।’
सहमतिको सरकार गठनका लागि एमाओवादीले भनेजस्तो अन्तरिम संविधान संशोधन गरिराख्न जरुरी नभएको कोइरालाले बताउनुभयो । ‘कम्युनिष्ट पद्दतिमा बहुलवाद हुँदैन, त्यसैले आफ्नो बहुमत नआएपछि उहाँ-एमाओवादी)हरु सहमतीय प्रणालीको कुार गरिराख्नुभएको छ, तर संविधानको धारा ३८(१) मा सहमतीय सरकारको कुरा छँदैछ ।’ उहाँले भन्नुभयो, ‘यो कुरा युक्तिसंगत भएन, उहाँहरु आफ्नै कुरा आफैं काटिरहनुभएको छ, २५ बूँदेमा उहाँहरुले किन सोच्नुभएन ?’
एमाओवादीले भनेअनुसार धाँधलीबारे छानविन गर्ने उच्चस्तरीय आयोग गठन गर्न कांग्रेस तयार छ कि छैन भन्ने प्रश्नमा कोइरालाको जवाफ छ, ‘कहीँ कतै धाँधली भयो होला, तर समष्टिगत धाँधली भयो भन्नु हारको मानसिकता मात्रै हो ।’ कोइरालाले अगाडि भन्नुभयो, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाईसमेत उहाँहरुले लाञ्छना लगाउनुभएको छ, आफैंले बनाउनुपर्छ भनेको संवैधानिक अदालतलाई पनि मान्दिँन भन्नुभएको छ, यो त कानूनी शासनकै खिलाफ हो । यो जनतामाथिकै खेलवाड हो । यस्तो कुरा गर्नु कसरी युक्तिसंगत हुन सक्छ ?’
नेपाली सेनाले समेत धाँधली गर्‍यो भन्ने छ नि भन्ने प्रश्नमा कोइरालाले भन्नुभयो, ‘मैले तपाईहरुकै अनलाइनखबरमा चुनावअघि दिएको अन्तरवार्तामा भनेको थिएँ, सेना परिचालन नगरौं । तर, आर्मी परिचालन गर्नुपर्छ भनेर प्रस्ताव ल्याउने को हो ? एमाओवादी नेताहरु नै होइनन् ? अहिले हारेपछि यस्तो कुरा गर्न मिल्छ ?’
राष्ट्रपति परिवर्तन गर्नुपर्छ भन्ने एमाले र एमाओवादीको मागप्रति पनि कांग्रेस नेता कोइरालाले ठाडै असहमति जनाउनुभयो । ‘यो त झन् कुनै ईश्यु नै होइन, राष्ट्रपतिको पदावधि अन्तरिम संविधानको ३८ ग ले स्पष्ट तोकेको छ,’ उहाँले थप्नुभयो- ‘म त २५ बुँदे बाधा अड्काऊ फुकाउने आदेशको पनि आलोचक हुँ, त्यसबेलै उहाँहरुले यसबारे किन केही उल्लेख गर्नुभएन ?’
मंसिर २९ गते कसरी सहमति होला ?
एमाओवादीले राख्दै आएका दुईवटा मागहरुका विषयमा मंसिर २९ गते उच्चस्तरीय राजनीतिक समितिमा छलफल हुँदैछ । तर, कांग्रेस नेता कोइरालाको कुरा सुन्दा नेपाली कांग्रेस न त उच्चस्तरीय आयोग बनाउने पक्षमा छ, न त अन्तरिम संविधान संशोन गर्ने पक्षमा नै । यो अवस्थामा २९ गतेको बैठकमा कसरी सहमति होला भन्ने संशय देखिन्छ ।
नेपाली कांग्रेस र एमाले नेताहरुले संसदीय समि
ति बनाएर चुनावको धाँधलीबारे अनुसन्धान गर्न सकिने प्रस्ताव गरेका छन् । तर, डा. कोइराला भने संवैधानिक निकायले सम्पन्न गरेको चुनावमाथि त्यसरी संसदलाई अधिकार दिएर छानविन गर्नु युक्तिसंगत नहुने तर्क गर्नुहुन्छ । ‘निर्वाचन प्रणालीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेबारे संसदले अध्ययन गर्न सक्छ तर, निर्वाचन आयोगले सम्पन्न गरेको चुनावको वैधानिकतामाथि नै प्रश्न उठाउने अधिकार संसदलाई दिनु कत्तिको युक्तिसंगत होला ?’ डा. कोइरालाको प्रश्न छ ।
चुनावको धाँधली, संविधान संशोधन र राष्ट्रपति प्रकरण लगायतका तीनवटै प्रश्नमा कांग्रेस नेताको यस्तो अडान देखिएकाले अब २९ गतेको वार्तामा या त एमाओवादी लुरुलुरु सहमतिमा आउनुपर्ने हुन्छ, या त पुनः केही दिन दलहरुवीच यस्तै असहमति यथावत रहने सम्भावना देखिन्छ ।
सहमतिमा नआउनेभए आफैंले चलाए हुन्छ : पौडेल
नेपाली कांग्रेस सहमितमा नआउने भए आफंले सरकार चलाएर संविधान बनाए हुने एाओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलको जवाफ छ । ‘धाँधलीको छानविन गर्ने र सहमतीय प्रणाली आत्मसाथ नगरेसम्म हामी जाँदैनौं, यी दुई विषयमा सहमतिमा नआउने हो भने कांग्रेसले आफैं चलाए हुन्छ ।’ पौडेलले भन्नुभयो, हामीले कांग्रेस र एमालेले धाँधली गरे भनेका होइनौं, सम्वन्धित निकायबाट धाँधली भएको हो भनेका हौं, यसको छानविन गर्दा कांग्रेस र एमालेलाई पनि फाइदै हुन्छ ।’ कांग्रेस र एमाले सहमतिमा नआउने र आफ्ना मागहरु सम्बोधन नगर्ने हो भने आफूहरु प्रक्रियाबाट बाहिरै बस्ने पौडेलले चेतावनी दिनुभयो ।

कांग्रेसमा प्रधानमन्त्रीको जोडघटाउ

काठमाडौं-संविधानसभा निर्वाचनले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएपछि पार्टीभित्र अबको प्रधानमन्त्री को बन्ने भन्नेमा जोडघटाउ सुरु भएको छ। कांग्रेसकै हाराहारी आएको एमालेले पनि निर्वाचन परिणामसँगै सत्ता राजनीतिको जोडघटाउ सुरु गरेकाले सरकार नेतृत्वको विषयमा राजनीतिक परिदृश्य स्पष्ट भइसकेको छैन।


कांग्रेस–एमालेले सरकार निर्माणमा मात्रै ध्यान केन्द्रित गर्न पनि पाएका छैनन्। तेस्रो शक्तिको रूपमा रहेको एकीकृत माओवादीले निर्वाचन परिणाममाथि नै प्रश्न उठाउँदै प्रक्रियामा सहभागी नहुने बताएपछि कांग्रेस–एमालेको ध्यान उसलाई संविधानसभामा कसरी ल्याउने भन्नेतर्फ मोडिएको छ। त्यस्तै, समानुपातिकतर्फ सभासद छनोटलगायतका आन्तरिक व्यवस्थापन गर्नुपर्ने चुनौती पनि दलहरूको छ। यसले पनि सरकार गठन प्रक्रियामा ढिलाइ भइरहेको छ।

कांग्रेसभित्र सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्रीका आकांक्षी देखिएका छन्। यसअघि सत्ताको खासै आश
क्ति नदेखाएका सभापति कोइराला यसपटक सरकार नेतृत्व गर्ने अवसर नछाड्ने पक्षमा छन्।

कोइराला निकटका नेताहरूले पनि उनलाई सरकारको नेतृत्व सम्हाल्न 'दबाब' दिइरहेका छन्। कोइराला आफैले भने सार्वजनिक रूपमा प्रधानमन्त्री बन्ने इच्छा देखाएका छैनन्। महामन्त्री एवं कोइरालानिकट नेता प्रकाशमान सिंहले 'सभापति कोइरालाले नै सरकारको नेतृत्व गर्ने' सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन्। कोइरालाको नेतृत्वमा पार्टी चुनावमा गएको र सफलता पनि पाएकाले सरकार नेतृत्व उनैले गर्नुपर्ने सिंहको तर्क छ।

कोइरालाले पार्टीको विधि र विधानअनुसार नेतृत्वको टुंगो लगाउने बताएका छन्। आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्दा पार्टीमा विवाद नहुने कोइरालाको बुझाइ छ। विगतमा बाबुराम भट्टराई नेतृत्व सरकारको विकल्प खोज्ने क्रममा कांग्रेसले सभापति कोइरालालाई प्रधानमन्त्रीका लागि सर्वसम्मत उम्मेदवार बनाएको प्रसंग स्मरण गर्दै कोइरालाले नागरिकसँग भनेका थिए, 'अन्तिम समयमा मेरो नाम आउँदा विरोध कसले गर्‍यो र! म सर्वसम्मत थिएँ।' पछि पार्टीभित्रको कारण नभई बाह्य कारणले कोइराला प्रधानमन्त्री हुन सकेनन्। प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष बन्न पुगे।

त्यतिखेर कोइरालालाई पार्टीले प्रधानमन्त्रीका लागि सर्वसम्मत उम्मेदवार बनाए पनि अहिले स्थिति त्यस्तो छैन। यतिखेर वरिष्ठ नेता देउवा र उपसभापति पौडेल पनि आकांक्षी छन्।

वरिष्ठ नेता देउवा निर्वाचन परिणामसँगै आन्तरिक समीकरण र जोडघटाउमा लागेका छन्। एक व्यक्ति एक पद हुनुपर्ने सभापति कोइरालाको यसअघिको धारणालाई देउवा पक्षले 'अस्त्र' बनाउने तयारी गरिरहेको छ। कोइरालाले पार्टी सञ्चालनको जिम्मेवारी अन्य नेतालाई नदिने बुझाइमा रहेको देउवा पक्षको जोड भने प्रधानमन्त्रीमा छ।

सभापति कोइराला अन्य नेतालाई कार्यवाहक सभापति दिने पक्षमा नरहेको जनाउँदै देउवा पक्षका एक नेताले भने, 'वरिष्ठ नेता देउवा पनि कार्यवाहक लिने पक्षमा हुनुहुन्न।' देउवा सकेसम्म संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुने दाउमा छन्। संसदीय दलको नेताका लागि बहुमत नपुग्ने अवस्थामा भने आफंैले प्रधानमन्त्रीका लागि कोइरालाको नाम प्रस्ताव गरेर जाने विषयमा पनि आन्तरिक छलफल सुरु भएको देउवा पक्षीय एक नेताले जानकारी दिए। संसदीय दलको नेता पनि बन्न नसक्ने स्थितिमा सभापतिलाई असहयोग गरेको सन्देश प्रभावित हुने र आसन्न महाधिवेशनमा त्यसको नकारात्मक असर पर्न सक्ने आँकलन देउवा पक्षको छ। समानुपातिकबाट निर्वाचित सभासदको टुंगो लागेपछि मात्रै कुन बाटो लिने भन्ने निर्क्योल गर्ने पक्षमा देउवा समूह छ।

देउवानिकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलको त्रिपक्षीय सहमतिबाटै सरकारको नेतृत्व टुंगो लगाउने बताए। 'तीनमध्ये एकले सरकारको नेतृत्व लिने हो,' खाँणले नागरिकसँग भने, 'अब धेरै झमेला र विवाद गर्ने पक्षमा छैनांै। जो भए पनि सहमतिमै हुन्छ।'

उपसभापति पौडेलले विगतमा प्रधानमन्त्री नहुने अवस्थामा पार्टीले आफूलाई १७ पटक प्रतिस्पर्धा गराएको तर अहिले प्रधानमन्त्री बन्ने अवसर आउँदा सभापति आफंै तम्सिएको भन्दै निकटवर्तीसँग गुनासो गर्ने गरेका छन्। उनले आफ्नो नेतृत्वमा रहेको संविधानसभा र संसदीय दलले गरेका कामको मूल्यांकन पार्टीले गर्नुपर्ने नेतृत्वलाई बताउँदै आएका छन्। प्रधानमन्त्रीको दाबी नछाड्ने बताए पनि पौडेल आफैंलाई आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा कमै मात्र विश्वास छ। सरकारको नेतृत्व सभापतिले र पार्टीको नेतृत्व आफूले गर्ने पक्षमा पौडेल देखिएका छन्।

कार्यवाहक सभापति पाए वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीको दाबी छाड्ने चर्चाले भने पौडेल रुष्ट छन्। पार्टी विधानबाहिर कुनै निर्णय हुन नसक्ने बताउँदै उपसभापतिलाई मात्र सभापतिको जिम्मेवारी दिन मिल्ने निकटसँग उनले बताउँदै आएका छन्। कांग्रेस विधानमा सभापतिको अनुपस्थितिमा उपसभापति नै कार्यवाहक सभापति बन्ने व्यवस्था छ।

कोइरालानिकट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले पार्टी विधान र कानुनअनुसार सरकारको नेतृत्वसहित सबै विषय टुंगो लाग्ने दाबी गरे। नेतृत्वको विषयमा छलफल गर्न अझै समय बाँकी रहेको भन्दै उनले संविधानसभामा पद तथा गोपनीयताको सपथपछि केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लगाउने बताए। 'पार्टीभित्र मात्र होइन, अन्य दलसँग पनि सहमति कायम गरेर अघि बढ्ने हो,' ढुंगानाले नागरिकसँग भने, 'सबैलाई समेटर अघि बढ्न अहिले अनौपचारिक छलफल भइरहेको छ।'

केन्द्रीय सदस्य खाँणले जनादेशअनुसार सबै राजनीतिक दललाई समेटेर एक वर्षभित्र संविधान जारी गर्ने दायित्व कांग्रेसको काँधमा आएको जनाउँदै चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई निकास दिन सबैलाई सहमतिमा लिएर अघि बढ्नुपर्ने बताए। 'कांग्रेसको सफलतामा देश, जनता, लोकतन्त्र र शान्तिको भविष्य अडिएको छ,' उनले भने, 'पार्टीभित्र नै धेरै किचलो र झमेला भयो भने अन्य पार्टीलाई समेटेर अघि बढ्न सकिँदैन।'

जोडघटाउमा दुवै पक्ष

संविधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सभापति कोइराला र वरिष्ठ नेता देउवा पक्ष आन्तरिक जोडघटाउमा जुटेका छन्। प्रत्यक्षतर्फ १ सय ५ सिट जितेको कांग्रेसले आफ्नो पक्षका कतिले जिते भन्ने हिसाब गर्न लागिपरेका थिए। प्रत्यक्षतर्फ आफ्नो तर्फकाले बढी जितेको दुवै पक्षको आन्तरिक मूल्यांकन छ।

सभापति कोइराला पक्षले प्रत्यक्षतर्फ आफ्ना ७० र देउवा पक्षका ३५ नेताले जितेको दाबी गरेको छ। तर देउवा पक्षले चुनाव जित्ने ५३ जना आफ्ना भएको दाबी गर्दै सभापति कोइराला पक्षबाट टिकट पाएका ५० ले मात्र जितेको जनाएको छ। संसदीय दलको निर्वाचनमा कोइराला पक्षबाट चुनाव जितेका ५० मध्ये केहीलाई आफ्नो पक्षमा तान्न सकिने उनीहरूको अड्कल छ।

त्यस्तै, देउवा पक्ष टिकट वितरणमा जस्तै समानुपातितर्फ पार्टीले पाउने ९१ सिटबाट कम्तीमा ४० प्रतिशत सिट लिएरै छाड्ने पक्षमा छ। कोइराला पक्षबाट समानुपातिकमा पर्ने १० प्रतिशत सभासद आफ्नो पक्षमा तान्ने देउवा पक्षको आन्तरिक तयारी छ। समानुपातिकबाट आउने १० प्रतिशत उम्मेदवार यता–उता भए भने संसदीय दलको नेता जित्न सकिने देउवा पक्षको बुझाइ छ।

संसदीय दलको नेताका लागि निर्वाचन हुँदा सभापति कोइरालाका लागि परिस्थिति प्रतिकूल बन्न सक्ने निकट नेताहरू नै बताउँछन्। देउवाको पक्षमा भन्दा पनि कोइरालासँग असन्तुष्ट पक्ष एकजुट हुन सक्ने ती नेताको विश्लेषण छ। 'चुनावै हुँदा संसदीय दलको नेता त छानिनुहोला,' ती नेताले नागरिकसँग भने, 'पार्टीभित्र सर्वसम्मतिबाट उहाँ (कोइराला) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन नसके परिस्थिति अनुकूल नहुन पनि सक्छ।'

ढलबाट कैदी फरार

काठमाडौं-केन्द्रीय कारागारका एक कैदी ढलभित्र छिरेर फरार भएका छन्। लागुऔषध कारोबारको अभियोगमा दुई वर्ष सजाय तोकिएका सुरज सिंह बुधबार कारागारको शौचालय र फोहोर निकाल्न बनाइएको २ सय ५० मिटर लामो ढलबाट भागेका हुन्।


उनी सुन्धारास्थित कारागारको ढलबाट छिरेर त्रिपुरेश्वरको पशु अस्पतालमा निस्किएको प्रहरीले जनाएको छ। 'अहिलेसम्मको अनुसन्धानमा उनी ढलबाट भागेको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुबोध घिमिरेले नागरिकसँग भने, 'खोजी गर्न सुरक्षाकर्मी खटाइएको छ।'

यसअघि केन्द्रीय कारागारबाट विभिन्न बहानामा सुरक्षाकर्मीसहित बाहिर निस्किएका कैदी–बन्दी सुरक्षाकर्मीकै मिलेमतोमा भाग्दै आएका थिए। उपत्यकाबाहिरमा कारागारबाट कैदी सुरुङ खनेर भागेका उदाहरण पनि छन्। तर, केन्द्रीय कारागारभित्रको ढलबाटै कैदी फरार भएको घटना पहिलो हो।

सुरक्षा अधिकारीका अनुसार ०६४ सालमा एक कैदी यसैगरी ढलभित्र छिरे पनि अड्किएर कराएपछि अरू कैदीको सहयोगमा निकालेर ज्यान जोगिएको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी रणबहादुर चन्दका अनुसार सर्लाही रहुवा–५ का सिंह असार २ गते एक हजार 'एम्पुल ब्रुपिनर्फिन' र 'डाइजेपाम'सहित काठमाडौंमा पक्राउ परेका थिए। उनले भारतीय नाकाबाट लागुऔषध ल्याएर काठमाडौंमा बिक्री गर्दै आएको अनुसन्धानमा खुलेको थियो। काठमाडौं जिल्ला अदालतले साउनमा उनलाई दुई वर्ष कैद सजाय र १ लाख जरिवाना तोक्दै केन्द्रीय कारागार पठाएको थियो। चार महिना कैद भोगिसकेकाले उनको सजाय १८ महिना बाँकी थियो।

कारागार सुरक्षा स्रोतका अनुसार बुधबार बिहान साढे ६ बजेसम्म उनी कारागार परिसरमै देखिएका थिए। बिहान अन्य कैदी–बन्दीसँगै देखिएका उनी ११ बजे खाना खान नआएपछि खोजी सुरु भयो। बेलुकीतिर मात्रै भागेको निष्कर्ष निस्किएको थियो।

केन्द्रीय कारागारको सुरक्षाबारे जानकार अधिकारीका अनुसार कारागार निगरानीमा दुई सय प्रहरी खटिएका हुन्छन्। पर्खालमा करेन्टसहितको फलामेतार हुन्छ। यस्तो पर्खाल नाघेर भाग्न असम्भव भएको निष्कर्ष निकाल्दै सुरुमा उनी भित्रै लुकेको वा कुनै दुर्घटना भएको शंका गरिएको थियो।

सुरक्षाकर्मीलाई छक्याएर मूलढोकाबाटै त बाहिरिएनन् भन्दै त्यहाँ जडान गरिएको क्लोज–सर्किट टेलिभिजनसमेत हेरियो। उनी देखिएनन्। कारागारभित्र कतै फेला नपरेपछि पछाडिको ढलबाट भाग्ने प्रयास गरे कि भन्दै खोज्न थालियो। ढलबाहिर एउटा चप्पल फेला पर्‍यो। त्यही आधारमा ढलबाट भागे कि भन्ने ठानियो। कारागार प्रशासन, सुरक्षा अधिकारीले ढलको बीचैमा अड्किएको आशंका गर्दै सफा गर्न लगाए। तै फेला परेनन्।

कारागारभित्र फेला नपरेको र पर्खाल नाघ्न असम्भव भएकाले प्रहरी टोली ढल जोडिएको पशु अस्पताल परिसर पुग्यो। त्यहाँ सोधपुछ गरेपछि बल्ल उनी त्यही ढलबाट भागेको पुष्टि भयो।

अनुसन्धान अधिकारीका अनुसार पशु अस्पतालमा ढलभित्र पानी पठाउन खोलिएको स्थानबाटै सिंह बाहिरिएका थिए। अस्पतालका प्रत्यक्षदर्शीका अनुसार उनको शरीर पूरै ढलले पुरिएको थियो। डुङडुङ गन्हाउने व्यक्ति अस्पताल परिसरमा फेला परेपछि त्यहाँका सुरक्षा गार्डले 'पागल' भन्दै लखेटेका थिए।

'उनले नजिकै स्थानीयबासीले प्रयोग गर्ने धारामा नुहाएको र पाइन्ट मागेर लगाएको थाहा भएको छ,' एसएसपी घिमिरेले भने, 'नुहाउँदा एक स्थानीय बालकले देखेका रहेछन्, उनलाई तस्बिर देखाउँदा सिंह नै भएको पहिचान गरे।' ढल क्षेत्रको अनुगमन गर्दा गोडाका डामसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल अनुगमन गरेका एक सुरक्षा अधिकारीका अनुसार कारागारभित्र ढलको मुख साँघुरो भए पनि निस्कने ठाउँ फराकिलो थियो। उनी सुरुमा खुट्टा छिराएर ढल पन्छाउँदै बाहिरिएको सुरक्षा अधिकारीको अनुमान छ। दुब्लो भएकाले उनलाई यसरी भाग्न सजिलो भएको प्रहरी बताउँछ।

सुरक्षा प्रणालीमा भ्वाङ

गोलघर, भद्रगोल र कारागार गरी तीन तहमा विभाजित केन्द्रीय कारागारमा सुरक्षा चुक भएको यो पहिलो घटना हैन। त्यही कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी–बन्दी कोही दरबारमार्गमा फेला परिसकेका छन् भने कोही अस्पतालमा स्वास्थ्य जाँचको बहानामा फरार भएका छन्।

यही कारागारभित्र नक्कली भारू कारोबारमा संलग्न अभियोगमा बन्दी युनुस अन्सारीलाई गोली हानेर हत्या प्रयास भएको थियो। सुरक्षा जाँचपछि मात्रै पुगिने कैदी–बन्दी भेटघाट कक्षमै उनीमाथि गोली हानिएको थियो।

करिब दुई सय सुरक्षाकर्मी परिचालित यो कारागारमा कैदीको गतिविधि निगरानी गर्न ७ वटा 'हाई–प्वाइन्ट भ्यू' छ भने २० वटा 'लो प्वाइन्ट भ्यू' छ। सुरक्षा अधिकारीले केन्द्रीय कारागार अतिसुरक्षित भएको दाबी गर्दै आएका छन्। युनुस हत्या प्रयासपछि जनशक्ति थप्दै डिजिटल सुरक्षा निगरानीका लागि महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखाले 'क्लोज–सर्किट' टिभी जडान गरेको छ।

केन्द्रीय कारागारमा कुख्यात स्वदेशी अपराधी चक्रे मिलनदेखि भारतीय माफियाका सदस्य उदय सेट्टी, अन्तर्राष्ट्रिय सिरियल किलर चार्ल्स शोभराजसम्म छन्।

मलयालम फिल्ममा नेपाली बाबु!

काठमाडौं-कसैले वर्षौं संघर्ष गरे पनि फिल्ममा ब्रेक पाउँदैनन्। कसैलाई चाहिँ फिल्मले नै पछ्याउँदै आइपुग्छ, जस्तै महेन्द्रकुमार राई। उनले फिल्म खेल्ने सपना कहिल्यै बोकेका थिएनन्। न उनको फिल्मवालाहरुसँग संगत नै थियो।

युएईको कुनै कुनामा गुमनाम जिन्दगी बाँच्दै गरेका महेन्द्रले ६३ वर्षको उमेरमा एउटा फिल्ममा अभिनय गरेका छन्। भारतको केरलामा बनेको मलयालम भाषाको फिल्म 'ओरु कोरियन पदम'मा उनलाई दिइएको महत्वपूर्ण छ। फिल्मको सुटिङ सिध्याएर उनी दुई हप्ताअघि केरलाबाट काठमाडौं आएका हुन्।


'ओरु कोरियन पदम' अर्थात् 'एउटा कोरियाली फिल्म' नामक उक्त फिल्मको निर्देशन सुजित एस नायरले गरेका हुन्। यसमा मकबुल सलमान र मित्रा कुरियन नायकनायिका छन्। मलयालम सुपरस्टार मामुटीका भतिज हुन् मकबुल। फिल्मभित्र मकबुल पटकथा लेखक हुन्छन्। उसले एउटा कोरियाली फिल्म 'समथिङ आउट अफ नथिङ'को नक्कल गरेर मलयालम फिल्म लेख्छ।

केरलामा फिल्म सुपरहिट हुन्छ। निर्माताहरुले प्रशस्त पैसा कमाउँछन्। कोरियामा समेत यो खबर पुग्छ। त्यसपछि असली फिल्मका निर्देशक ‰वाङ कि जिन क्षतिपूर्ति दाबी गर्न केरला आइपुग्छ। उसले क्षतिपूर्ति असुल गर्न के–कस्तो दाउपेच लगाउँछ? आउँदो अप्रिलमा फिल्म रिलिज भएपछि थाहा पाइनेछ।

खोटाङ घर भएका महेन्द्रकुमारलाई निर्देशक सुजितले त्यही कोरियाली निर्देशक वाङ कि जिनको भूमिका दिएका छन्। 'कोरियाली बनेर अभिनय गर्न पाउँदा अनौठो लाग्यो, कहिल्यै अभिनय गरेको थिएन, प्रस्ताव रमाइलो लागेर स्विकारेको हुँ,' महेन्द्रकुमारले थपे, 'फिल्म खेलेर अलिअलि पैसा पनि पाइयो, कम्तीमा मेरो हाउभाउ एउटा फिल्ममा त सुरक्षित भएको छ।'

मलयालम फिल्मकर्मीको आँखामा महेन्द्रकुमार पर्नुको प्रसंग रमाइलो छ। सन् १९८९ देखि उनी युएईमा बस्छन्। उनी पहिलोपटक युएई पुग्ने बेला नेपालीहरु धेरै थिएनन्। उनको ड्युटी जिर्कु नामक टापुमा थियो।

तेल संकलन केन्द्र रहेको टापुमा उनी एक्ला नेपाली थिए। उनको संगत मलयालम भाषा बोल्ने भारतीय कामदारसँग हुन्थ्यो। ती साथीहरुकै कारण उनले रेडियोबाट मलयालम भाषाका गीतहरु सुन्न थाले।

१८ वर्षसम्म हरेक दिन रेडियो सुन्ने बानीले उनलाई थुप्रै मलयालम गीत कण्ठ भयो। मलयालम भाषा आउँदै, गीत भने सजिलै गाउन सक्छन् उनी। युएईका जमघटहरुमा उनी बेलाबखत मलयालम गीत सुनाउने गर्थे।

उनको प्रतिभाको चर्चा युएईको मलयालम समुदायमा फैलिँदै गयो। भारतीय टिभी च्यानल एसियानेटका पत्रकारहरु समेत उनीदेखि प्रभावित भए। यही वर्ष च्यानलले उनको बारेमा फिचर बनाएर दुईपटक प्रसारण गरिसकेको छ। टिभी पत्रकारहरुकै पहलमा उनले भारतीय गायक येशुदाससँग भेट्ने अवसर पाइसकेका छन्। 'मैले उहाँकै अगाडि केही मलयालम गीत सुनाएँ, उहाँले मन पराउनुभयो,' उनी प्रफुल्ल देखिए।

'त्यतिबेला यता केरलामा यो फिल्मको स्त्रि्कप्ट लेखिँदै रहेछ, फिल्मका निर्देशकले मलाई टिभीमा देखेछन् र कोरियालीजस्तो अनुहार भएकोले बोलाइहाले,' मदनकुमारले भने, 'सायद कोरियाबाट कलाकार मगाउँदा महँगो र झन्झट हुने ठानेर मलाई छानेका होलान्।'

फिल्म सुटिङभर महेन्द्रको सक्कली परिचय खुलाइएको थिएन। दर्शकले उनलाई कोरियाली नै ठानून् भनेर निर्मातानिर्देशकहरु अहिलेसम्म मौन छन्। सुटिङ हेर्न आउनेले पनि कोरियाली सोचेर उनीसँग फोटो खिचाएछन्। उनले सम्झे, 'मलाई कसैसँग पनि फिल्मको सस्पेन्स नखोल्नू भनेकाले म धेरैपटक अप्ठेरोमा परेको छु।'

फिल्म उद्योग सम्बन्धी कथा भएकोले 'ओरु कोरियन पदम'मा भारतका पाँच निर्देशक जोय म्याथ्यु, लिजो जोसे पेलिसेरी, साजी सुरेन्दरन, एमए निशाद र श्याम मोहनले पनि अभिनय गर्दैछन्। महेन्द्रले फिल्मको डबिङ समेत सिध्याइसकेका छन्। रिलिजको बेला उनी फेरि केरला जाने सम्भावना छ।

वर्षेनी सयवटा जति फिल्म बन्ने उद्योगमा काम देखाउन पाउँदा महेन्द्र पुलकित छन्। 'उनीहरुले सुटिङमा आँसु झार्न ग्लिसिरिन दिएका थिए, मैले तीनपटक त्यतिकै आँसु खसालिदिएँ,' उनले अनुभव सुनाए, 'निर्देशकले मलाई जन्मजात कलाकार भनेर तारिफ गरे, मलाई त्यतिबेला निकै सन्तुष्टि मिल्यो।'

अझै केही वर्ष युएईकै जागिर निरन्तरता दिने योजनामा रहेका उनलाई केरला भ्रमणपछि कलाकारिताको चस्का लागेको छ। 'स्याल जवानीमा घोर्ले हुन्छ भन्थे, म बुढेसकालमा घोर्ले भएको छु,' उनले इच्छा पोखे, 'मौका मिले नेपाली फिल्म पनि खेल्छु।'
- 

बोक्सी आरोपमा कुटिएका महिला गाउँ जान सकेनन्

धादिङ-धादिङको सुनौला बजार गाविस–४ स्थित भोर्लेमा बोक्सिको आरोप लगाउँदै दुई महिलामाथि आक्रमण भएको छ। मंगलबार सदरमुकाम नजिकै रहेको सुनौलाबजार गाविस–४ की ३० वर्षीया चनमति मगराती र सोही स्थानकी पम्फा मगरातीलाई बोक्सीको आरोपमा छिमेकीहरुले धारिलो हतियारले काटेर गम्भीर घाइते भएपछिउनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।


मंगलबार विहान ११ बजेतिर चनमति आफ्नो बच्चा विद्यालय पठाएर घर फर्कन लागेको बेला बोक्सीले सबै मानिस र गाइबस्तु मारेको र विरामी पारेको भनेर छिमेकी ४५ वर्षीया सुन्तली मगरातीले हसियाले घाँटीमा हानेको जिल्ला अस्पतालमा उपचार गराउँदै गरेका पिडितले बताए। चनमतिले हातले छेकेपछि उनको दाहिने हात गहिरोसंग काटिएको छ। उनलाई आक्रमण गरेको देखेर छुट्याउन गएकी पम्फालाइ पनि आक्रमण गरिएको पम्फाले बताईन्। उनको टाढकोमा गम्भीर चोट लागेको छ। घाइते भएका दुबैलाई अन्य छिमेकीहरु समेतले उद्धार गरि प्रहरी कार्यालयमा पुर्‍याएका थिए। मेडिकलमा उपचारपछि अहिले घाइतेहरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कुटपिटपछि गम्भीर घाइते भएका उनीहरु घर जान नसकेकर सदरमुकाममा अलपत्र परेका छन्।

उपचार खर्च समेत नभएर उनीहरु समस्या परेको र जिल्ला प्रहरी कार्यालयमा ०७० मंसिर २६ गते जाहेरी दिएको भएपनि आरोपीहरुलाई छुटाउन राजनीतिक दलका नेताहरुले समेत दवाव दिएको पीडितले बताए।

पीडितहरुले आक्रमण गर्ने सुन्तली मगराती, उनकी छोरी सीता मगराती र सुन्तलीका पति रुपबहादुर मगराती विरुद्ध बोक्सी आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मंसिर २६ गते जाहेरी दर्ता गराएका छन्। प्रहरीमा जाहेरी दिएपछि पीडितहरुलाई गाउँ गए मारिदिने धम्की आएको उनीहरु बताउँछन्। गाउँको झगडा भएकोले आरोपीहरुलाई तत्काल छाड्न एक जना नेताले आफूहरुलाई धम्की दिइरहेको पीडितले जानकारी दिए। गाउँ जान नसकेका उनीहरु सदरमुकाममा महिला मानवअधिकार रक्षक सञ्जालमा शरण लिन पुगेका छन्।