Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » » मंगल ग्रहमा जाने प्रतिस्पर्धा बाट एक जना नेपाली छानिए
Haamro BlogLatest Tips And TricksBlogger Tricks

काठमाडौं– मंगल ग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्यान्डस्थित संस्था 'मार्स वान'ले दोस्रो चरणमा छानेका १ हजार ५८ जनामध्ये एक नेपाली पनि परेका छन्। मंगल ग्रहको एकतर्फी यात्राका लागि पाल्पा रामपुरका २१ वर्षीय समीर न्यौपाने छानिएका हुन्। मार्स वानले दोस्रो चरणमा १ सय ७ देशका नागरिक छानेको थियो।

मार्स वानले अझै विभिन्न चरणमा छनोट गर्नेछ। यसरी छानिएकामध्ये २०२४ मा पहिलोपटक चार जनालाई मंगल ग्रह पठाइनेछ। मार्स वानले प्रत्येक २ वर्षमा चार जनाका दरले ४० जना पठाएर मंगल ग्रहमा बस्ती बसाउने योजना बनाएको छ। यसरी जानेमा पुरुष र महिला बराबर हुनेछन्। उनीहरूले त्यहाँ स्थापना गरिने प्रयोगशालामा विभिन्न वैज्ञानिक परीक्षण गर्नेछन्।
विज्ञान विषयमा प्लस टु गरेका न्यौपानेसहितका आवेदकले पहिलो चरणमा आफ्नो व्यक्तिगत विवरण, किन मंगल ग्रह जान चाहेको भन्नेबारे एक मिनेटको भिडियो र तीन प्रश्नको जवाफ पेस गरेका थिए।
'दोस्रो चरणमा भने शारीरिक तथा मानसिक अवस्थाबारे परीक्षण हुन्छ। शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त व्यक्ति तेस्रो चरणका लागि छानिन्छ,' न्यौपानेले भने, 'क्षेत्रीय रूपमा परीक्षा लिने भनिएको छ। चीन वा भारतमा हुनसक्छ। त्यसपछि मात्रै आयोजकहरूले तेस्रो चरणमा को–को छनोट हुन्छ भनेर घोषणा गर्छन्।'
सानैदेखि विज्ञान तथा अन्तरिक्षसम्बन्धी फिल्ममा रुची राख्ने न्यौपानेले अहिले मंगल ग्रहबारे भेटेसम्म अध्ययन गरिरहेका छन्। 'त्यहाँबाट यहाँ सन्देश आइपुग्नै दस मिनेट लाग्छ,' न्यौपानेले भने, 'पृथ्वीमा भने रियल टाइममा घटना हेर्न सकिन्छ।' न्यौपाने बाबु, आमा, बहिनीसँग काठमाडौंमा बस्दै आएका छन्।
पहिलो चरणमा विश्वभरबाट २ लाखभन्दा बढीले ६ अमेरिकी डलर तिर्दै मंगल ग्रह जाने इच्छा देखाएका थिए। अहिलेको रकेटको गतिमा मंगल ग्रहमा पुग्न ६ देखि ८ महिना समय लाग्छ। मंगल ग्रहमा जाने अन्तरिक्षयात्रीको हरेक गतिविधि टेलिभिजनमा चौबीसै घन्टा र वर्षभरि नै हेर्न सकिने व्यवस्था मिलाइनेछ।
न्यौपानेले आफू मंगल ग्रह जानेमा विश्वस्त रहेको बताए। 'मंगल जान पाउनेमा म ढुक्क छु,' न्यौपानेले भने, 'म नभए पनि एस्ट्रोनोमीको विषयमा अध्ययन गर्ने रुचि बढाएको छ। यसले अन्यलाई पनि यस क्षेत्रमा आकर्षित गर्नेछ भन्ने विश्वास छ।'
क्यानडाबाट ७५, भारतबाट ६२, रुसबाट ५२ र चीनबाट ४० जना दोस्रो चरणमा छानिएका छन्। डच उद्यमी बास ल्यान्सडेर्पले २०१२ मेमा मार्स वान परियोजनाको घोषणा गर्दै १५ अर्ब अमेरिकी डलर छुट्ट्याएका छन्।
संस्थाले द बिग डोनर सो र द बिग ब्रदर सोको सिर्जना गर्नेमध्येका एक पाउल रोमेरलाई मार्स वान परियोजनाको एम्बासडर (दूत) बनाएको छ।
मार्स वानले सन् २०१८ मा पहिलोपटक रकेट पठाउने योजना बनाएको छ। यस मिसनमा मंगल ग्रहमा आवश्यक पर्ने २ हजार ५ सय किलो विभिन्न वस्तुका अंश पठाइनेछ। त्यसमा सोलार प्यानलदेखि मिसनका लािग आवश्यक पर्ने सामग्री हुन्छन्।
त्यस्तै, २०२० मा मानिस बासोबास गर्न उपयुक्त स्थान कहाँ हुन्छ भनेर अध्ययन गर्न रोबोट पठाइनेछ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply