Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » » » » » » » » » » मलयालम फिल्ममा नेपाली बाबु!
Haamro BlogLatest Tips And TricksBlogger Tricks

काठमाडौं-कसैले वर्षौं संघर्ष गरे पनि फिल्ममा ब्रेक पाउँदैनन्। कसैलाई चाहिँ फिल्मले नै पछ्याउँदै आइपुग्छ, जस्तै महेन्द्रकुमार राई। उनले फिल्म खेल्ने सपना कहिल्यै बोकेका थिएनन्। न उनको फिल्मवालाहरुसँग संगत नै थियो।

युएईको कुनै कुनामा गुमनाम जिन्दगी बाँच्दै गरेका महेन्द्रले ६३ वर्षको उमेरमा एउटा फिल्ममा अभिनय गरेका छन्। भारतको केरलामा बनेको मलयालम भाषाको फिल्म 'ओरु कोरियन पदम'मा उनलाई दिइएको महत्वपूर्ण छ। फिल्मको सुटिङ सिध्याएर उनी दुई हप्ताअघि केरलाबाट काठमाडौं आएका हुन्।


'ओरु कोरियन पदम' अर्थात् 'एउटा कोरियाली फिल्म' नामक उक्त फिल्मको निर्देशन सुजित एस नायरले गरेका हुन्। यसमा मकबुल सलमान र मित्रा कुरियन नायकनायिका छन्। मलयालम सुपरस्टार मामुटीका भतिज हुन् मकबुल। फिल्मभित्र मकबुल पटकथा लेखक हुन्छन्। उसले एउटा कोरियाली फिल्म 'समथिङ आउट अफ नथिङ'को नक्कल गरेर मलयालम फिल्म लेख्छ।

केरलामा फिल्म सुपरहिट हुन्छ। निर्माताहरुले प्रशस्त पैसा कमाउँछन्। कोरियामा समेत यो खबर पुग्छ। त्यसपछि असली फिल्मका निर्देशक ‰वाङ कि जिन क्षतिपूर्ति दाबी गर्न केरला आइपुग्छ। उसले क्षतिपूर्ति असुल गर्न के–कस्तो दाउपेच लगाउँछ? आउँदो अप्रिलमा फिल्म रिलिज भएपछि थाहा पाइनेछ।

खोटाङ घर भएका महेन्द्रकुमारलाई निर्देशक सुजितले त्यही कोरियाली निर्देशक वाङ कि जिनको भूमिका दिएका छन्। 'कोरियाली बनेर अभिनय गर्न पाउँदा अनौठो लाग्यो, कहिल्यै अभिनय गरेको थिएन, प्रस्ताव रमाइलो लागेर स्विकारेको हुँ,' महेन्द्रकुमारले थपे, 'फिल्म खेलेर अलिअलि पैसा पनि पाइयो, कम्तीमा मेरो हाउभाउ एउटा फिल्ममा त सुरक्षित भएको छ।'

मलयालम फिल्मकर्मीको आँखामा महेन्द्रकुमार पर्नुको प्रसंग रमाइलो छ। सन् १९८९ देखि उनी युएईमा बस्छन्। उनी पहिलोपटक युएई पुग्ने बेला नेपालीहरु धेरै थिएनन्। उनको ड्युटी जिर्कु नामक टापुमा थियो।

तेल संकलन केन्द्र रहेको टापुमा उनी एक्ला नेपाली थिए। उनको संगत मलयालम भाषा बोल्ने भारतीय कामदारसँग हुन्थ्यो। ती साथीहरुकै कारण उनले रेडियोबाट मलयालम भाषाका गीतहरु सुन्न थाले।

१८ वर्षसम्म हरेक दिन रेडियो सुन्ने बानीले उनलाई थुप्रै मलयालम गीत कण्ठ भयो। मलयालम भाषा आउँदै, गीत भने सजिलै गाउन सक्छन् उनी। युएईका जमघटहरुमा उनी बेलाबखत मलयालम गीत सुनाउने गर्थे।

उनको प्रतिभाको चर्चा युएईको मलयालम समुदायमा फैलिँदै गयो। भारतीय टिभी च्यानल एसियानेटका पत्रकारहरु समेत उनीदेखि प्रभावित भए। यही वर्ष च्यानलले उनको बारेमा फिचर बनाएर दुईपटक प्रसारण गरिसकेको छ। टिभी पत्रकारहरुकै पहलमा उनले भारतीय गायक येशुदाससँग भेट्ने अवसर पाइसकेका छन्। 'मैले उहाँकै अगाडि केही मलयालम गीत सुनाएँ, उहाँले मन पराउनुभयो,' उनी प्रफुल्ल देखिए।

'त्यतिबेला यता केरलामा यो फिल्मको स्त्रि्कप्ट लेखिँदै रहेछ, फिल्मका निर्देशकले मलाई टिभीमा देखेछन् र कोरियालीजस्तो अनुहार भएकोले बोलाइहाले,' मदनकुमारले भने, 'सायद कोरियाबाट कलाकार मगाउँदा महँगो र झन्झट हुने ठानेर मलाई छानेका होलान्।'

फिल्म सुटिङभर महेन्द्रको सक्कली परिचय खुलाइएको थिएन। दर्शकले उनलाई कोरियाली नै ठानून् भनेर निर्मातानिर्देशकहरु अहिलेसम्म मौन छन्। सुटिङ हेर्न आउनेले पनि कोरियाली सोचेर उनीसँग फोटो खिचाएछन्। उनले सम्झे, 'मलाई कसैसँग पनि फिल्मको सस्पेन्स नखोल्नू भनेकाले म धेरैपटक अप्ठेरोमा परेको छु।'

फिल्म उद्योग सम्बन्धी कथा भएकोले 'ओरु कोरियन पदम'मा भारतका पाँच निर्देशक जोय म्याथ्यु, लिजो जोसे पेलिसेरी, साजी सुरेन्दरन, एमए निशाद र श्याम मोहनले पनि अभिनय गर्दैछन्। महेन्द्रले फिल्मको डबिङ समेत सिध्याइसकेका छन्। रिलिजको बेला उनी फेरि केरला जाने सम्भावना छ।

वर्षेनी सयवटा जति फिल्म बन्ने उद्योगमा काम देखाउन पाउँदा महेन्द्र पुलकित छन्। 'उनीहरुले सुटिङमा आँसु झार्न ग्लिसिरिन दिएका थिए, मैले तीनपटक त्यतिकै आँसु खसालिदिएँ,' उनले अनुभव सुनाए, 'निर्देशकले मलाई जन्मजात कलाकार भनेर तारिफ गरे, मलाई त्यतिबेला निकै सन्तुष्टि मिल्यो।'

अझै केही वर्ष युएईकै जागिर निरन्तरता दिने योजनामा रहेका उनलाई केरला भ्रमणपछि कलाकारिताको चस्का लागेको छ। 'स्याल जवानीमा घोर्ले हुन्छ भन्थे, म बुढेसकालमा घोर्ले भएको छु,' उनले इच्छा पोखे, 'मौका मिले नेपाली फिल्म पनि खेल्छु।'

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply