Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

युवतीले देखेजति सबैसँग कण्डम माग्दै हिँडेपछि… (भिडियोसहित) A Girl Ask For Condoms

नेपालमा अहिले पनि सेक्ससँग सम्बन्धित कुरा खोलेर गर्न मानिसहरु हिच्किचाउँछन् । पढेलेखेका मानिसहरु भने केहि हदसम्म आफ्नो सेक्स लाइफको बारेमा मिल्ने साथीहरुसँग आफ्नो समस्या बाँड्ने गर्दछन् तर त्यो
पनि सिमित मात्रामा । पुरुषका जमात भने सेक्सकेन्द्रित भएर साथीहरुमाझ ठट्यौली गर्न पछि पर्दैनन् । तर यहि युवाजमातमाझ कोही युवती आएर कण्डम मागेको खण्डमा उनीहरुको प्रतिक्रिया कस्तो होला ? यस्तो भएको खण्डमा ती युवाजमातलाई अचम्म त पक्कै लाग्ला । यसका साथसाथै उनीहरुले ती महिलालाई नकारात्मक दृष्टिकोणले हेर्ने पछि पर्दैनन् । भारतमा एउटा यस्तै घटना भएको छ । सार्वजनिक स्थलमा हिँडिरहेकी मानिसहरुसँग एक जवान युवतीले निःसन्देह ‘कण्डम कहाँ पाइन्छ’ भनेर सोध्दा थुप्रै मानिसहरुको थुप्रै प्रकारको प्रतिक्रिया तल दिइएको भिडियोमा हेर्न सकिनेछ । सुरुमा पुरुषहरुलाई मात्र कण्डमको बारेमा सोधेकी ती महिलाले पछि महिलालाई पनि यसको बारेमा सोधेकी थिइन् । महिलाको तुलनामा पुरुषहरुले उनको प्रश्नको उत्तर दिएका थिए । कति मानिसहरुले भने उनको प्रश्नको जवाफ नै नदिई भागेका थिए भने कतिले भने उनलाई नजिकैको औषधि पसलको ठेगाना बताइदिएका थिए । कसैले भने पान पसलमा पनि कण्डमा पाइने जानकारी उनलाई दिएका थिए । यस्तै प्रश्न गर्दै जाँदा एक युवाले त आफ्नै खल्तीबाट कण्डमा झिकेर उनको हातमा थमाइदिएका थिए । यति भनिरहँदा पाठक मित्रहरुले पनि ती महिलाको नियतमा खोट लगाइसक्नुभएको छ होला । तर वास्तवमा उनले कण्डमा प्रयोगबारे जनचेतना जगाउन यस्तो कदम उठाएकी थिइन् । आम मानिसमा कण्डमा किन्ने बानी बसोस् र असुरक्षित यौन सम्पर्कबाट बचाउने उद्देश्यले उनले यस्तो गरेको जानकारी दिएकी छिन् ।
हेरौँ भिडियो (एजेन्सी)

फेसबुकमा भएका पाँच सुबिधाहरु


फेसबुकमा यस्ता थुप्रै सुविधाहरु दिइएका छन्
जसको बारेमा शायद तपाईंमध्ये धेरैलाई
थाहा नहोला ।
यी विकल्पको सहायताले तपाईं
आफ्नो फेसबुकलाई अझ राम्रो तरिकाले
प्रयोग गर्न सक्नुहुनेछ । आउनुहोस्, थाहा पाऔँ
फेसबुकमा लुकेका पाँच राम्रा सुविधाहरुः
१. आफूलाई मनपरेको लिस्ट सेट गर्नुः
फेसबुकमा ‘इन्ट्रेस्ट लिष्ट’
नामको एउटा नयाँ सुविधा दिइएको छ
जसको सहयोगले तपाईं आफूलाई मनपरेको कुनै
पनि लिष्ट बनाउन सक्नुहुनेछ ।
२. फ्रेन्डसिप हिस्ट्रीलाई जाँच गर्नः
यदि तपाईं आफ्ना सबै
साथीहरुको हिस्ट्री जाँच गर्न
चाहनुहन्छ
भने यसका लागि तपाईंलाई
आफ्नो साथीको प्रोफाइलमा गइरहन
आवश्यक छैन । यसका लागि तपाईंले
आफ्नो फेसबुकमा लगइन गरेर http://
मा क्लिक गरेर
फ्रेन्डसिप चेक गर्न सक्नुहुन्छ ।
३. एकजना साथीको लागि मात्र अनलाईन
स्टेटस लुकाउनका लागिः
यदि तपाईं आफ्नो फेसबुकमा आफ्नो अनलाइन
स्टेटस लुकाउन चाहनुहुन्छ भने
यसका लागि तपाईंले आफ्नो सबै
साथीहरुलाई अफलाइन गर्न आवश्यक छैन ।
मात्र त्यो साथीको च्याटिङ
बक्सको माथि दिइएको सेटिङ
आइकनमाथि क्लिक गर्नुहोस् र ‘टर्न अफ च्यान
फर’ मा उनको नाम हालेर क्लिक गर्नुहोस् ।
४. आफ्नो फेसबुकको डाटा डाउनलोड
गर्नुहोस्ः
यदि तपाईं आफ्नो फेसबुक प्रोफाइलमा सेभ
भएको डाटा डाउनलोड गर्न चाहनुहुन्छ भने
यसका लागि तपाईं फेसबुको सेटिङ
आइकनमा गएर ‘जनरल अकाउन्ट सेटिङ’
अप्सनमा क्लिक गर्नुहोस् र
त्यहाँ दिइएको ‘डाउनलोड अ कपी अफ योर
फेसबुक डाटा’ अप्सनमा क्लिक
गरेपछि त्यहाँ भएको सबै फोटो र डाटा सेभ
गर्नसक्नुहुन्छ ।
५. नोटिफिकेसन साउन्ड बन्द गर्नः
फेसबुकमा यदि तपाईं फेसबुकको नोटिफिकेसन
साउन्डबाट तनावमा हुनुहुन्छ भने त्यसलाई
बन्द गर्नका लागि सबैभन्दा पहिले फेसबुक
प्रोफाइललाई ओपन गर्नुहोस् र सेटिङ
अप्सनमा गएर नोटिफिकेसन अप्सनमा क्लिक
गर्नुहोस्, त्यहाँ तपाईंले ‘अन’ को अप्सन
देख्नुहुनेछ र त्यसलाई बन्द गर्नुहोस् र ‘प्ले अ
साउन्ड’ अप्सनमा लगाइएको टिक मार्कलाई
हटाएर सेटिङमा सेभ गर्नुहोस् ।

थाइल्याण्डकी नागकन्या हेर्नेको घुइँचो [ बिचित्र ]

बैङकक। थाइल्याण्डकी यि बालिका माइली फे आठ बर्षकी भइन। उनको अनुहार मात्र हेर्ने हो भने हाउभाउ सबै सामान्य लाग्छ। तर ती बालिका उनको उमेरकी सामान्य बालिका जस्तै छैनन। आफ्नो ओच्यानमा सुतिरहेको अवस्थामा भेटिने मा
इली फे अरुभन्दा यसकारण पनि फरक छिन उनको शरीर सर्पको जस्तो छ। उनी पौराणिक ग्रन्थहरुमा सुनिने नागकन्या देखिने कारण पनि उनलाई हेर्नेको भीड दिनदिनै बढ्दै गएको छ। हरेक दिन उनको परिवार बस्ने घर अगाडी हजारौ मान्छे उनलाई हेर्न जम्मा हुने गरेका छन्। जम्मा भएका मान्छेहरु उनलाई छुन मरिहत्ते गर्छन नभए हेरेरै भएपनि चित्त बुझाउँछन । धेरै जसो हिन्दु र बुद्धिष्ट तिर्थालुहरु उनलाई हेर्न पुग्ने गरेको बताइएको छ। snakegirlथाइल्याण्डका एक डा पिङ लाओ बालिकाको तल्लो भागमा सरिसृप जस्तो हुने वरलै किसिमको रोग लागेको बताएका छन्। उनले बालिकालाई चिकित्सकको भाषामा सर्पेन्तोसिस मालियान्क्रोशिस रोग लागेको बताएका छन्। अहिलेसम्म इतिहासमै एकदुई मात्र यस्ता घटना सुनिएको उनको भनाई छ। यस किसिमको रोगको बारेमा मेडिकल साइन्ससँग कुनै किसिमको औषधी नभएको पनि उनले बताए। बालिकाको परिवारलाई भने यसले चिन्ता मिश्रीत कौतुहलता ल्याएको छ। बालिकालाई हेर्न नटुट्ने तिर्थालुका कारण परिवारको अवस्था भने सुध्रिएको छ। बालिकाको परिवारले उनलाई हेर्न शुल्क समेत लिन थालेका छन्।
 source : hamrakura

अनौठो चोर, अनौठो चोरी,, पढ्नुहोस् अनि छक्क पर्नुहोस

तपाईले लाखौ, करौडौको चोरी गर्ने चोरको बारेमा देख्नु र सुन्नु भएको छ होला । तर यस चोरको बारेमा न त तपाईले कही सुन्नु भएको होला न त कही देख्नु नै भएको होला ।

 हफपोस्टको खबर अनुसार डेविड चाल्र्स नामको यस व्यक्ति माथि मानव मस्तिष्क चोरी गरेको आरोप छ । डेविडले एक दिमाग इण्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट चोरी गरेको हो । डेविडले चोरी मात्र होइन कि अन लाइन शपिंग साइट ई–बे मा समेत बेचिदिएको बताइ
एको छ । जसको मूल्य १ सय डलर राखिएको थियो ।

 जाँचकर्ताका अनुसार चाल्र्सलाई एक स्टिंग अपरेशन अन्तर्गत पक्राउ गरिएको हो । जहाँ उनले दिमागको खरिदबिक्रिको लागि उसलाई सम्पर्क गरिएको थियो । यस पुरा प्रक्रियापछि म्यूजियमलाई आफ्नो दिमाग पाएको छ ।

यो दिमाग १८४८ देखि १९९४ बिच उपचार गरिएको एक बिरामीको भएको बताइएको छ । ( एजेन्सीको सहयोगमा ) 

Some Sex Tips [ सेक्स टिप्सहरु ]


- सेक्स डाइटका रूपमा स्ट्रवेरी उपयुक्त मानिन्छ। यसले उत्तेजना पैदा गर्छ। 


- सेक्स पर्फमेन्सका लागि पालुंगोको सेवन राम्रो मानिन्छ। यसमा भिटामिन, प्रोटिन एवं मिनरल्स पाइन्छ। 

- उसिनेको कुरिलो खाँदा सेक्स उत्तेजना वढाउन सहयोग मिल्छ। 

 - रेड वाइन र चीजलाई एकसाथ खानाले सेक्स लाइफ बढ्छ। 

 - चकलेटलाई सेक्स उत्प्रेरकका रूपमा लिइन्छ। चकलेटमा त्यस्तो हार्मोन हुन्छ, जसले लभ हार्मोन श्राव गर्छ। 

 - नपुंसक पुरुषका लागि सुकमेलको सेवन लाभदायक मानिन्छ।

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा


२७ मंसिर, काठमाडौं । पुलिसलाई पराजित गर्दै डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एनसेल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरे
को छ । बिहीबार भएको खेलमा मनाङले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा पुलिसले २९ औं मिनेटमा रविन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ५६ औं मिनेटमा मनाङका योनाले गोल गर्ने मौका गुमाए ।
६८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले बराबरी गोल फर्काए । खेलको ८४ औं मिनेटमा पाएको फि्र किकमा पुलिसका भोला सिलवालको प्रहारमा सुमन सुवेदीले हेडगोल गोल गरेपनि रेफ्रीले अफसाइड दिए । ८६ औं मिनेटमा योना इलियसले मनाङका लागि गोल गरे । खेलमा थप गोल हुन सकेन र मनाङ २-१ को जितका साथ अन्तिम चारमा पुग्यो 

एमाओवादीलाई कोइरालाको प्रश्न : नमान्ने भए कहाँ जाने ?

२७ मंसिर, काठमाडौं । आफैंले बनाएको संविधानसभा अदालतलाई नमानेर एकीकृत नेकपा माओवादीले कानूनको शासन एवं जनतामाथि खेलवाड गर्न खोजेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आरोप लगाउनुभएको छ । एमाओवादीले भनेजस्तो धाँधलीको छानविन गर्ने आयोग बन्न नसक्ने र संविधान पनि सशोधन नहुने डा. कोइरालाको भनाइ छ ।
sekher-koirala-1
‘संवैधानिक अदालत बनाउनुपर्छ र यस्ता विवादहरु त्यहीँबाट टुंगो लगाउनुपर्छ भन्ने उहाँहरु नै हो, आज त्यही संविधानसभा अदालतबाट चुनावमा भएको भनिएको धाँधलीबारे अनुसन्धान गरौं भन्दा उहाँहरु नै मानिरहनुभएको छैन’, डा. कोइरालाले अनलाइनखबरसँग भन्नुभयो- ‘अदालतलाई नमान्ने भए कहाँ जाने ?’
बाह्रबुँदे समझदारीयताका शान्ति प्रक्रिया र सम्वादमा सक्रिय भूमिका खेल्दै आउनुभएका सभासद् कोइराला यतिबेला भने तीन दलीय वार्ता र छलफलमा देखिनुभएको छैन । तर, सहमतिविना अर्को बाटो नभएको उहाँको भनाइ छ । विहीबार अनलाइनखबरसँग कुरा गर्दै कोइरालाले भन्नुभयो, ‘सहमतिविना अर्को बाटो छैन, सहमतिको सरकार बनाउनका लागि अन्तरिम संविधानको धारा ३८-१)मा स्पष्ट व्यवस्था छ । ठूलो दल बनेको नेपाली कांग्रेस एमाले, एमाओवादी र मधेसवादीलगायतका दलहरुसँग मिलेर ३८-१) अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउन चाहन्छ ।’
सहमतिको सरकार गठनका लागि एमाओवादीले भनेजस्तो अन्तरिम संविधान संशोधन गरिराख्न जरुरी नभएको कोइरालाले बताउनुभयो । ‘कम्युनिष्ट पद्दतिमा बहुलवाद हुँदैन, त्यसैले आफ्नो बहुमत नआएपछि उहाँ-एमाओवादी)हरु सहमतीय प्रणालीको कुार गरिराख्नुभएको छ, तर संविधानको धारा ३८(१) मा सहमतीय सरकारको कुरा छँदैछ ।’ उहाँले भन्नुभयो, ‘यो कुरा युक्तिसंगत भएन, उहाँहरु आफ्नै कुरा आफैं काटिरहनुभएको छ, २५ बूँदेमा उहाँहरुले किन सोच्नुभएन ?’
एमाओवादीले भनेअनुसार धाँधलीबारे छानविन गर्ने उच्चस्तरीय आयोग गठन गर्न कांग्रेस तयार छ कि छैन भन्ने प्रश्नमा कोइरालाको जवाफ छ, ‘कहीँ कतै धाँधली भयो होला, तर समष्टिगत धाँधली भयो भन्नु हारको मानसिकता मात्रै हो ।’ कोइरालाले अगाडि भन्नुभयो, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाईसमेत उहाँहरुले लाञ्छना लगाउनुभएको छ, आफैंले बनाउनुपर्छ भनेको संवैधानिक अदालतलाई पनि मान्दिँन भन्नुभएको छ, यो त कानूनी शासनकै खिलाफ हो । यो जनतामाथिकै खेलवाड हो । यस्तो कुरा गर्नु कसरी युक्तिसंगत हुन सक्छ ?’
नेपाली सेनाले समेत धाँधली गर्‍यो भन्ने छ नि भन्ने प्रश्नमा कोइरालाले भन्नुभयो, ‘मैले तपाईहरुकै अनलाइनखबरमा चुनावअघि दिएको अन्तरवार्तामा भनेको थिएँ, सेना परिचालन नगरौं । तर, आर्मी परिचालन गर्नुपर्छ भनेर प्रस्ताव ल्याउने को हो ? एमाओवादी नेताहरु नै होइनन् ? अहिले हारेपछि यस्तो कुरा गर्न मिल्छ ?’
राष्ट्रपति परिवर्तन गर्नुपर्छ भन्ने एमाले र एमाओवादीको मागप्रति पनि कांग्रेस नेता कोइरालाले ठाडै असहमति जनाउनुभयो । ‘यो त झन् कुनै ईश्यु नै होइन, राष्ट्रपतिको पदावधि अन्तरिम संविधानको ३८ ग ले स्पष्ट तोकेको छ,’ उहाँले थप्नुभयो- ‘म त २५ बुँदे बाधा अड्काऊ फुकाउने आदेशको पनि आलोचक हुँ, त्यसबेलै उहाँहरुले यसबारे किन केही उल्लेख गर्नुभएन ?’
मंसिर २९ गते कसरी सहमति होला ?
एमाओवादीले राख्दै आएका दुईवटा मागहरुका विषयमा मंसिर २९ गते उच्चस्तरीय राजनीतिक समितिमा छलफल हुँदैछ । तर, कांग्रेस नेता कोइरालाको कुरा सुन्दा नेपाली कांग्रेस न त उच्चस्तरीय आयोग बनाउने पक्षमा छ, न त अन्तरिम संविधान संशोन गर्ने पक्षमा नै । यो अवस्थामा २९ गतेको बैठकमा कसरी सहमति होला भन्ने संशय देखिन्छ ।
नेपाली कांग्रेस र एमाले नेताहरुले संसदीय समि
ति बनाएर चुनावको धाँधलीबारे अनुसन्धान गर्न सकिने प्रस्ताव गरेका छन् । तर, डा. कोइराला भने संवैधानिक निकायले सम्पन्न गरेको चुनावमाथि त्यसरी संसदलाई अधिकार दिएर छानविन गर्नु युक्तिसंगत नहुने तर्क गर्नुहुन्छ । ‘निर्वाचन प्रणालीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेबारे संसदले अध्ययन गर्न सक्छ तर, निर्वाचन आयोगले सम्पन्न गरेको चुनावको वैधानिकतामाथि नै प्रश्न उठाउने अधिकार संसदलाई दिनु कत्तिको युक्तिसंगत होला ?’ डा. कोइरालाको प्रश्न छ ।
चुनावको धाँधली, संविधान संशोधन र राष्ट्रपति प्रकरण लगायतका तीनवटै प्रश्नमा कांग्रेस नेताको यस्तो अडान देखिएकाले अब २९ गतेको वार्तामा या त एमाओवादी लुरुलुरु सहमतिमा आउनुपर्ने हुन्छ, या त पुनः केही दिन दलहरुवीच यस्तै असहमति यथावत रहने सम्भावना देखिन्छ ।
सहमतिमा नआउनेभए आफैंले चलाए हुन्छ : पौडेल
नेपाली कांग्रेस सहमितमा नआउने भए आफंले सरकार चलाएर संविधान बनाए हुने एाओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलको जवाफ छ । ‘धाँधलीको छानविन गर्ने र सहमतीय प्रणाली आत्मसाथ नगरेसम्म हामी जाँदैनौं, यी दुई विषयमा सहमतिमा नआउने हो भने कांग्रेसले आफैं चलाए हुन्छ ।’ पौडेलले भन्नुभयो, हामीले कांग्रेस र एमालेले धाँधली गरे भनेका होइनौं, सम्वन्धित निकायबाट धाँधली भएको हो भनेका हौं, यसको छानविन गर्दा कांग्रेस र एमालेलाई पनि फाइदै हुन्छ ।’ कांग्रेस र एमाले सहमतिमा नआउने र आफ्ना मागहरु सम्बोधन नगर्ने हो भने आफूहरु प्रक्रियाबाट बाहिरै बस्ने पौडेलले चेतावनी दिनुभयो ।

कांग्रेसमा प्रधानमन्त्रीको जोडघटाउ

काठमाडौं-संविधानसभा निर्वाचनले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएपछि पार्टीभित्र अबको प्रधानमन्त्री को बन्ने भन्नेमा जोडघटाउ सुरु भएको छ। कांग्रेसकै हाराहारी आएको एमालेले पनि निर्वाचन परिणामसँगै सत्ता राजनीतिको जोडघटाउ सुरु गरेकाले सरकार नेतृत्वको विषयमा राजनीतिक परिदृश्य स्पष्ट भइसकेको छैन।


कांग्रेस–एमालेले सरकार निर्माणमा मात्रै ध्यान केन्द्रित गर्न पनि पाएका छैनन्। तेस्रो शक्तिको रूपमा रहेको एकीकृत माओवादीले निर्वाचन परिणाममाथि नै प्रश्न उठाउँदै प्रक्रियामा सहभागी नहुने बताएपछि कांग्रेस–एमालेको ध्यान उसलाई संविधानसभामा कसरी ल्याउने भन्नेतर्फ मोडिएको छ। त्यस्तै, समानुपातिकतर्फ सभासद छनोटलगायतका आन्तरिक व्यवस्थापन गर्नुपर्ने चुनौती पनि दलहरूको छ। यसले पनि सरकार गठन प्रक्रियामा ढिलाइ भइरहेको छ।

कांग्रेसभित्र सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्रीका आकांक्षी देखिएका छन्। यसअघि सत्ताको खासै आश
क्ति नदेखाएका सभापति कोइराला यसपटक सरकार नेतृत्व गर्ने अवसर नछाड्ने पक्षमा छन्।

कोइराला निकटका नेताहरूले पनि उनलाई सरकारको नेतृत्व सम्हाल्न 'दबाब' दिइरहेका छन्। कोइराला आफैले भने सार्वजनिक रूपमा प्रधानमन्त्री बन्ने इच्छा देखाएका छैनन्। महामन्त्री एवं कोइरालानिकट नेता प्रकाशमान सिंहले 'सभापति कोइरालाले नै सरकारको नेतृत्व गर्ने' सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन्। कोइरालाको नेतृत्वमा पार्टी चुनावमा गएको र सफलता पनि पाएकाले सरकार नेतृत्व उनैले गर्नुपर्ने सिंहको तर्क छ।

कोइरालाले पार्टीको विधि र विधानअनुसार नेतृत्वको टुंगो लगाउने बताएका छन्। आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्दा पार्टीमा विवाद नहुने कोइरालाको बुझाइ छ। विगतमा बाबुराम भट्टराई नेतृत्व सरकारको विकल्प खोज्ने क्रममा कांग्रेसले सभापति कोइरालालाई प्रधानमन्त्रीका लागि सर्वसम्मत उम्मेदवार बनाएको प्रसंग स्मरण गर्दै कोइरालाले नागरिकसँग भनेका थिए, 'अन्तिम समयमा मेरो नाम आउँदा विरोध कसले गर्‍यो र! म सर्वसम्मत थिएँ।' पछि पार्टीभित्रको कारण नभई बाह्य कारणले कोइराला प्रधानमन्त्री हुन सकेनन्। प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष बन्न पुगे।

त्यतिखेर कोइरालालाई पार्टीले प्रधानमन्त्रीका लागि सर्वसम्मत उम्मेदवार बनाए पनि अहिले स्थिति त्यस्तो छैन। यतिखेर वरिष्ठ नेता देउवा र उपसभापति पौडेल पनि आकांक्षी छन्।

वरिष्ठ नेता देउवा निर्वाचन परिणामसँगै आन्तरिक समीकरण र जोडघटाउमा लागेका छन्। एक व्यक्ति एक पद हुनुपर्ने सभापति कोइरालाको यसअघिको धारणालाई देउवा पक्षले 'अस्त्र' बनाउने तयारी गरिरहेको छ। कोइरालाले पार्टी सञ्चालनको जिम्मेवारी अन्य नेतालाई नदिने बुझाइमा रहेको देउवा पक्षको जोड भने प्रधानमन्त्रीमा छ।

सभापति कोइराला अन्य नेतालाई कार्यवाहक सभापति दिने पक्षमा नरहेको जनाउँदै देउवा पक्षका एक नेताले भने, 'वरिष्ठ नेता देउवा पनि कार्यवाहक लिने पक्षमा हुनुहुन्न।' देउवा सकेसम्म संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुने दाउमा छन्। संसदीय दलको नेताका लागि बहुमत नपुग्ने अवस्थामा भने आफंैले प्रधानमन्त्रीका लागि कोइरालाको नाम प्रस्ताव गरेर जाने विषयमा पनि आन्तरिक छलफल सुरु भएको देउवा पक्षीय एक नेताले जानकारी दिए। संसदीय दलको नेता पनि बन्न नसक्ने स्थितिमा सभापतिलाई असहयोग गरेको सन्देश प्रभावित हुने र आसन्न महाधिवेशनमा त्यसको नकारात्मक असर पर्न सक्ने आँकलन देउवा पक्षको छ। समानुपातिकबाट निर्वाचित सभासदको टुंगो लागेपछि मात्रै कुन बाटो लिने भन्ने निर्क्योल गर्ने पक्षमा देउवा समूह छ।

देउवानिकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलको त्रिपक्षीय सहमतिबाटै सरकारको नेतृत्व टुंगो लगाउने बताए। 'तीनमध्ये एकले सरकारको नेतृत्व लिने हो,' खाँणले नागरिकसँग भने, 'अब धेरै झमेला र विवाद गर्ने पक्षमा छैनांै। जो भए पनि सहमतिमै हुन्छ।'

उपसभापति पौडेलले विगतमा प्रधानमन्त्री नहुने अवस्थामा पार्टीले आफूलाई १७ पटक प्रतिस्पर्धा गराएको तर अहिले प्रधानमन्त्री बन्ने अवसर आउँदा सभापति आफंै तम्सिएको भन्दै निकटवर्तीसँग गुनासो गर्ने गरेका छन्। उनले आफ्नो नेतृत्वमा रहेको संविधानसभा र संसदीय दलले गरेका कामको मूल्यांकन पार्टीले गर्नुपर्ने नेतृत्वलाई बताउँदै आएका छन्। प्रधानमन्त्रीको दाबी नछाड्ने बताए पनि पौडेल आफैंलाई आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा कमै मात्र विश्वास छ। सरकारको नेतृत्व सभापतिले र पार्टीको नेतृत्व आफूले गर्ने पक्षमा पौडेल देखिएका छन्।

कार्यवाहक सभापति पाए वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीको दाबी छाड्ने चर्चाले भने पौडेल रुष्ट छन्। पार्टी विधानबाहिर कुनै निर्णय हुन नसक्ने बताउँदै उपसभापतिलाई मात्र सभापतिको जिम्मेवारी दिन मिल्ने निकटसँग उनले बताउँदै आएका छन्। कांग्रेस विधानमा सभापतिको अनुपस्थितिमा उपसभापति नै कार्यवाहक सभापति बन्ने व्यवस्था छ।

कोइरालानिकट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले पार्टी विधान र कानुनअनुसार सरकारको नेतृत्वसहित सबै विषय टुंगो लाग्ने दाबी गरे। नेतृत्वको विषयमा छलफल गर्न अझै समय बाँकी रहेको भन्दै उनले संविधानसभामा पद तथा गोपनीयताको सपथपछि केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लगाउने बताए। 'पार्टीभित्र मात्र होइन, अन्य दलसँग पनि सहमति कायम गरेर अघि बढ्ने हो,' ढुंगानाले नागरिकसँग भने, 'सबैलाई समेटर अघि बढ्न अहिले अनौपचारिक छलफल भइरहेको छ।'

केन्द्रीय सदस्य खाँणले जनादेशअनुसार सबै राजनीतिक दललाई समेटेर एक वर्षभित्र संविधान जारी गर्ने दायित्व कांग्रेसको काँधमा आएको जनाउँदै चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई निकास दिन सबैलाई सहमतिमा लिएर अघि बढ्नुपर्ने बताए। 'कांग्रेसको सफलतामा देश, जनता, लोकतन्त्र र शान्तिको भविष्य अडिएको छ,' उनले भने, 'पार्टीभित्र नै धेरै किचलो र झमेला भयो भने अन्य पार्टीलाई समेटेर अघि बढ्न सकिँदैन।'

जोडघटाउमा दुवै पक्ष

संविधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सभापति कोइराला र वरिष्ठ नेता देउवा पक्ष आन्तरिक जोडघटाउमा जुटेका छन्। प्रत्यक्षतर्फ १ सय ५ सिट जितेको कांग्रेसले आफ्नो पक्षका कतिले जिते भन्ने हिसाब गर्न लागिपरेका थिए। प्रत्यक्षतर्फ आफ्नो तर्फकाले बढी जितेको दुवै पक्षको आन्तरिक मूल्यांकन छ।

सभापति कोइराला पक्षले प्रत्यक्षतर्फ आफ्ना ७० र देउवा पक्षका ३५ नेताले जितेको दाबी गरेको छ। तर देउवा पक्षले चुनाव जित्ने ५३ जना आफ्ना भएको दाबी गर्दै सभापति कोइराला पक्षबाट टिकट पाएका ५० ले मात्र जितेको जनाएको छ। संसदीय दलको निर्वाचनमा कोइराला पक्षबाट चुनाव जितेका ५० मध्ये केहीलाई आफ्नो पक्षमा तान्न सकिने उनीहरूको अड्कल छ।

त्यस्तै, देउवा पक्ष टिकट वितरणमा जस्तै समानुपातितर्फ पार्टीले पाउने ९१ सिटबाट कम्तीमा ४० प्रतिशत सिट लिएरै छाड्ने पक्षमा छ। कोइराला पक्षबाट समानुपातिकमा पर्ने १० प्रतिशत सभासद आफ्नो पक्षमा तान्ने देउवा पक्षको आन्तरिक तयारी छ। समानुपातिकबाट आउने १० प्रतिशत उम्मेदवार यता–उता भए भने संसदीय दलको नेता जित्न सकिने देउवा पक्षको बुझाइ छ।

संसदीय दलको नेताका लागि निर्वाचन हुँदा सभापति कोइरालाका लागि परिस्थिति प्रतिकूल बन्न सक्ने निकट नेताहरू नै बताउँछन्। देउवाको पक्षमा भन्दा पनि कोइरालासँग असन्तुष्ट पक्ष एकजुट हुन सक्ने ती नेताको विश्लेषण छ। 'चुनावै हुँदा संसदीय दलको नेता त छानिनुहोला,' ती नेताले नागरिकसँग भने, 'पार्टीभित्र सर्वसम्मतिबाट उहाँ (कोइराला) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन नसके परिस्थिति अनुकूल नहुन पनि सक्छ।'

ढलबाट कैदी फरार

काठमाडौं-केन्द्रीय कारागारका एक कैदी ढलभित्र छिरेर फरार भएका छन्। लागुऔषध कारोबारको अभियोगमा दुई वर्ष सजाय तोकिएका सुरज सिंह बुधबार कारागारको शौचालय र फोहोर निकाल्न बनाइएको २ सय ५० मिटर लामो ढलबाट भागेका हुन्।


उनी सुन्धारास्थित कारागारको ढलबाट छिरेर त्रिपुरेश्वरको पशु अस्पतालमा निस्किएको प्रहरीले जनाएको छ। 'अहिलेसम्मको अनुसन्धानमा उनी ढलबाट भागेको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुबोध घिमिरेले नागरिकसँग भने, 'खोजी गर्न सुरक्षाकर्मी खटाइएको छ।'

यसअघि केन्द्रीय कारागारबाट विभिन्न बहानामा सुरक्षाकर्मीसहित बाहिर निस्किएका कैदी–बन्दी सुरक्षाकर्मीकै मिलेमतोमा भाग्दै आएका थिए। उपत्यकाबाहिरमा कारागारबाट कैदी सुरुङ खनेर भागेका उदाहरण पनि छन्। तर, केन्द्रीय कारागारभित्रको ढलबाटै कैदी फरार भएको घटना पहिलो हो।

सुरक्षा अधिकारीका अनुसार ०६४ सालमा एक कैदी यसैगरी ढलभित्र छिरे पनि अड्किएर कराएपछि अरू कैदीको सहयोगमा निकालेर ज्यान जोगिएको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी रणबहादुर चन्दका अनुसार सर्लाही रहुवा–५ का सिंह असार २ गते एक हजार 'एम्पुल ब्रुपिनर्फिन' र 'डाइजेपाम'सहित काठमाडौंमा पक्राउ परेका थिए। उनले भारतीय नाकाबाट लागुऔषध ल्याएर काठमाडौंमा बिक्री गर्दै आएको अनुसन्धानमा खुलेको थियो। काठमाडौं जिल्ला अदालतले साउनमा उनलाई दुई वर्ष कैद सजाय र १ लाख जरिवाना तोक्दै केन्द्रीय कारागार पठाएको थियो। चार महिना कैद भोगिसकेकाले उनको सजाय १८ महिना बाँकी थियो।

कारागार सुरक्षा स्रोतका अनुसार बुधबार बिहान साढे ६ बजेसम्म उनी कारागार परिसरमै देखिएका थिए। बिहान अन्य कैदी–बन्दीसँगै देखिएका उनी ११ बजे खाना खान नआएपछि खोजी सुरु भयो। बेलुकीतिर मात्रै भागेको निष्कर्ष निस्किएको थियो।

केन्द्रीय कारागारको सुरक्षाबारे जानकार अधिकारीका अनुसार कारागार निगरानीमा दुई सय प्रहरी खटिएका हुन्छन्। पर्खालमा करेन्टसहितको फलामेतार हुन्छ। यस्तो पर्खाल नाघेर भाग्न असम्भव भएको निष्कर्ष निकाल्दै सुरुमा उनी भित्रै लुकेको वा कुनै दुर्घटना भएको शंका गरिएको थियो।

सुरक्षाकर्मीलाई छक्याएर मूलढोकाबाटै त बाहिरिएनन् भन्दै त्यहाँ जडान गरिएको क्लोज–सर्किट टेलिभिजनसमेत हेरियो। उनी देखिएनन्। कारागारभित्र कतै फेला नपरेपछि पछाडिको ढलबाट भाग्ने प्रयास गरे कि भन्दै खोज्न थालियो। ढलबाहिर एउटा चप्पल फेला पर्‍यो। त्यही आधारमा ढलबाट भागे कि भन्ने ठानियो। कारागार प्रशासन, सुरक्षा अधिकारीले ढलको बीचैमा अड्किएको आशंका गर्दै सफा गर्न लगाए। तै फेला परेनन्।

कारागारभित्र फेला नपरेको र पर्खाल नाघ्न असम्भव भएकाले प्रहरी टोली ढल जोडिएको पशु अस्पताल परिसर पुग्यो। त्यहाँ सोधपुछ गरेपछि बल्ल उनी त्यही ढलबाट भागेको पुष्टि भयो।

अनुसन्धान अधिकारीका अनुसार पशु अस्पतालमा ढलभित्र पानी पठाउन खोलिएको स्थानबाटै सिंह बाहिरिएका थिए। अस्पतालका प्रत्यक्षदर्शीका अनुसार उनको शरीर पूरै ढलले पुरिएको थियो। डुङडुङ गन्हाउने व्यक्ति अस्पताल परिसरमा फेला परेपछि त्यहाँका सुरक्षा गार्डले 'पागल' भन्दै लखेटेका थिए।

'उनले नजिकै स्थानीयबासीले प्रयोग गर्ने धारामा नुहाएको र पाइन्ट मागेर लगाएको थाहा भएको छ,' एसएसपी घिमिरेले भने, 'नुहाउँदा एक स्थानीय बालकले देखेका रहेछन्, उनलाई तस्बिर देखाउँदा सिंह नै भएको पहिचान गरे।' ढल क्षेत्रको अनुगमन गर्दा गोडाका डामसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल अनुगमन गरेका एक सुरक्षा अधिकारीका अनुसार कारागारभित्र ढलको मुख साँघुरो भए पनि निस्कने ठाउँ फराकिलो थियो। उनी सुरुमा खुट्टा छिराएर ढल पन्छाउँदै बाहिरिएको सुरक्षा अधिकारीको अनुमान छ। दुब्लो भएकाले उनलाई यसरी भाग्न सजिलो भएको प्रहरी बताउँछ।

सुरक्षा प्रणालीमा भ्वाङ

गोलघर, भद्रगोल र कारागार गरी तीन तहमा विभाजित केन्द्रीय कारागारमा सुरक्षा चुक भएको यो पहिलो घटना हैन। त्यही कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी–बन्दी कोही दरबारमार्गमा फेला परिसकेका छन् भने कोही अस्पतालमा स्वास्थ्य जाँचको बहानामा फरार भएका छन्।

यही कारागारभित्र नक्कली भारू कारोबारमा संलग्न अभियोगमा बन्दी युनुस अन्सारीलाई गोली हानेर हत्या प्रयास भएको थियो। सुरक्षा जाँचपछि मात्रै पुगिने कैदी–बन्दी भेटघाट कक्षमै उनीमाथि गोली हानिएको थियो।

करिब दुई सय सुरक्षाकर्मी परिचालित यो कारागारमा कैदीको गतिविधि निगरानी गर्न ७ वटा 'हाई–प्वाइन्ट भ्यू' छ भने २० वटा 'लो प्वाइन्ट भ्यू' छ। सुरक्षा अधिकारीले केन्द्रीय कारागार अतिसुरक्षित भएको दाबी गर्दै आएका छन्। युनुस हत्या प्रयासपछि जनशक्ति थप्दै डिजिटल सुरक्षा निगरानीका लागि महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखाले 'क्लोज–सर्किट' टिभी जडान गरेको छ।

केन्द्रीय कारागारमा कुख्यात स्वदेशी अपराधी चक्रे मिलनदेखि भारतीय माफियाका सदस्य उदय सेट्टी, अन्तर्राष्ट्रिय सिरियल किलर चार्ल्स शोभराजसम्म छन्।

मलयालम फिल्ममा नेपाली बाबु!

काठमाडौं-कसैले वर्षौं संघर्ष गरे पनि फिल्ममा ब्रेक पाउँदैनन्। कसैलाई चाहिँ फिल्मले नै पछ्याउँदै आइपुग्छ, जस्तै महेन्द्रकुमार राई। उनले फिल्म खेल्ने सपना कहिल्यै बोकेका थिएनन्। न उनको फिल्मवालाहरुसँग संगत नै थियो।

युएईको कुनै कुनामा गुमनाम जिन्दगी बाँच्दै गरेका महेन्द्रले ६३ वर्षको उमेरमा एउटा फिल्ममा अभिनय गरेका छन्। भारतको केरलामा बनेको मलयालम भाषाको फिल्म 'ओरु कोरियन पदम'मा उनलाई दिइएको महत्वपूर्ण छ। फिल्मको सुटिङ सिध्याएर उनी दुई हप्ताअघि केरलाबाट काठमाडौं आएका हुन्।


'ओरु कोरियन पदम' अर्थात् 'एउटा कोरियाली फिल्म' नामक उक्त फिल्मको निर्देशन सुजित एस नायरले गरेका हुन्। यसमा मकबुल सलमान र मित्रा कुरियन नायकनायिका छन्। मलयालम सुपरस्टार मामुटीका भतिज हुन् मकबुल। फिल्मभित्र मकबुल पटकथा लेखक हुन्छन्। उसले एउटा कोरियाली फिल्म 'समथिङ आउट अफ नथिङ'को नक्कल गरेर मलयालम फिल्म लेख्छ।

केरलामा फिल्म सुपरहिट हुन्छ। निर्माताहरुले प्रशस्त पैसा कमाउँछन्। कोरियामा समेत यो खबर पुग्छ। त्यसपछि असली फिल्मका निर्देशक ‰वाङ कि जिन क्षतिपूर्ति दाबी गर्न केरला आइपुग्छ। उसले क्षतिपूर्ति असुल गर्न के–कस्तो दाउपेच लगाउँछ? आउँदो अप्रिलमा फिल्म रिलिज भएपछि थाहा पाइनेछ।

खोटाङ घर भएका महेन्द्रकुमारलाई निर्देशक सुजितले त्यही कोरियाली निर्देशक वाङ कि जिनको भूमिका दिएका छन्। 'कोरियाली बनेर अभिनय गर्न पाउँदा अनौठो लाग्यो, कहिल्यै अभिनय गरेको थिएन, प्रस्ताव रमाइलो लागेर स्विकारेको हुँ,' महेन्द्रकुमारले थपे, 'फिल्म खेलेर अलिअलि पैसा पनि पाइयो, कम्तीमा मेरो हाउभाउ एउटा फिल्ममा त सुरक्षित भएको छ।'

मलयालम फिल्मकर्मीको आँखामा महेन्द्रकुमार पर्नुको प्रसंग रमाइलो छ। सन् १९८९ देखि उनी युएईमा बस्छन्। उनी पहिलोपटक युएई पुग्ने बेला नेपालीहरु धेरै थिएनन्। उनको ड्युटी जिर्कु नामक टापुमा थियो।

तेल संकलन केन्द्र रहेको टापुमा उनी एक्ला नेपाली थिए। उनको संगत मलयालम भाषा बोल्ने भारतीय कामदारसँग हुन्थ्यो। ती साथीहरुकै कारण उनले रेडियोबाट मलयालम भाषाका गीतहरु सुन्न थाले।

१८ वर्षसम्म हरेक दिन रेडियो सुन्ने बानीले उनलाई थुप्रै मलयालम गीत कण्ठ भयो। मलयालम भाषा आउँदै, गीत भने सजिलै गाउन सक्छन् उनी। युएईका जमघटहरुमा उनी बेलाबखत मलयालम गीत सुनाउने गर्थे।

उनको प्रतिभाको चर्चा युएईको मलयालम समुदायमा फैलिँदै गयो। भारतीय टिभी च्यानल एसियानेटका पत्रकारहरु समेत उनीदेखि प्रभावित भए। यही वर्ष च्यानलले उनको बारेमा फिचर बनाएर दुईपटक प्रसारण गरिसकेको छ। टिभी पत्रकारहरुकै पहलमा उनले भारतीय गायक येशुदाससँग भेट्ने अवसर पाइसकेका छन्। 'मैले उहाँकै अगाडि केही मलयालम गीत सुनाएँ, उहाँले मन पराउनुभयो,' उनी प्रफुल्ल देखिए।

'त्यतिबेला यता केरलामा यो फिल्मको स्त्रि्कप्ट लेखिँदै रहेछ, फिल्मका निर्देशकले मलाई टिभीमा देखेछन् र कोरियालीजस्तो अनुहार भएकोले बोलाइहाले,' मदनकुमारले भने, 'सायद कोरियाबाट कलाकार मगाउँदा महँगो र झन्झट हुने ठानेर मलाई छानेका होलान्।'

फिल्म सुटिङभर महेन्द्रको सक्कली परिचय खुलाइएको थिएन। दर्शकले उनलाई कोरियाली नै ठानून् भनेर निर्मातानिर्देशकहरु अहिलेसम्म मौन छन्। सुटिङ हेर्न आउनेले पनि कोरियाली सोचेर उनीसँग फोटो खिचाएछन्। उनले सम्झे, 'मलाई कसैसँग पनि फिल्मको सस्पेन्स नखोल्नू भनेकाले म धेरैपटक अप्ठेरोमा परेको छु।'

फिल्म उद्योग सम्बन्धी कथा भएकोले 'ओरु कोरियन पदम'मा भारतका पाँच निर्देशक जोय म्याथ्यु, लिजो जोसे पेलिसेरी, साजी सुरेन्दरन, एमए निशाद र श्याम मोहनले पनि अभिनय गर्दैछन्। महेन्द्रले फिल्मको डबिङ समेत सिध्याइसकेका छन्। रिलिजको बेला उनी फेरि केरला जाने सम्भावना छ।

वर्षेनी सयवटा जति फिल्म बन्ने उद्योगमा काम देखाउन पाउँदा महेन्द्र पुलकित छन्। 'उनीहरुले सुटिङमा आँसु झार्न ग्लिसिरिन दिएका थिए, मैले तीनपटक त्यतिकै आँसु खसालिदिएँ,' उनले अनुभव सुनाए, 'निर्देशकले मलाई जन्मजात कलाकार भनेर तारिफ गरे, मलाई त्यतिबेला निकै सन्तुष्टि मिल्यो।'

अझै केही वर्ष युएईकै जागिर निरन्तरता दिने योजनामा रहेका उनलाई केरला भ्रमणपछि कलाकारिताको चस्का लागेको छ। 'स्याल जवानीमा घोर्ले हुन्छ भन्थे, म बुढेसकालमा घोर्ले भएको छु,' उनले इच्छा पोखे, 'मौका मिले नेपाली फिल्म पनि खेल्छु।'
- 

बोक्सी आरोपमा कुटिएका महिला गाउँ जान सकेनन्

धादिङ-धादिङको सुनौला बजार गाविस–४ स्थित भोर्लेमा बोक्सिको आरोप लगाउँदै दुई महिलामाथि आक्रमण भएको छ। मंगलबार सदरमुकाम नजिकै रहेको सुनौलाबजार गाविस–४ की ३० वर्षीया चनमति मगराती र सोही स्थानकी पम्फा मगरातीलाई बोक्सीको आरोपमा छिमेकीहरुले धारिलो हतियारले काटेर गम्भीर घाइते भएपछिउनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।


मंगलबार विहान ११ बजेतिर चनमति आफ्नो बच्चा विद्यालय पठाएर घर फर्कन लागेको बेला बोक्सीले सबै मानिस र गाइबस्तु मारेको र विरामी पारेको भनेर छिमेकी ४५ वर्षीया सुन्तली मगरातीले हसियाले घाँटीमा हानेको जिल्ला अस्पतालमा उपचार गराउँदै गरेका पिडितले बताए। चनमतिले हातले छेकेपछि उनको दाहिने हात गहिरोसंग काटिएको छ। उनलाई आक्रमण गरेको देखेर छुट्याउन गएकी पम्फालाइ पनि आक्रमण गरिएको पम्फाले बताईन्। उनको टाढकोमा गम्भीर चोट लागेको छ। घाइते भएका दुबैलाई अन्य छिमेकीहरु समेतले उद्धार गरि प्रहरी कार्यालयमा पुर्‍याएका थिए। मेडिकलमा उपचारपछि अहिले घाइतेहरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कुटपिटपछि गम्भीर घाइते भएका उनीहरु घर जान नसकेकर सदरमुकाममा अलपत्र परेका छन्।

उपचार खर्च समेत नभएर उनीहरु समस्या परेको र जिल्ला प्रहरी कार्यालयमा ०७० मंसिर २६ गते जाहेरी दिएको भएपनि आरोपीहरुलाई छुटाउन राजनीतिक दलका नेताहरुले समेत दवाव दिएको पीडितले बताए।

पीडितहरुले आक्रमण गर्ने सुन्तली मगराती, उनकी छोरी सीता मगराती र सुन्तलीका पति रुपबहादुर मगराती विरुद्ध बोक्सी आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मंसिर २६ गते जाहेरी दर्ता गराएका छन्। प्रहरीमा जाहेरी दिएपछि पीडितहरुलाई गाउँ गए मारिदिने धम्की आएको उनीहरु बताउँछन्। गाउँको झगडा भएकोले आरोपीहरुलाई तत्काल छाड्न एक जना नेताले आफूहरुलाई धम्की दिइरहेको पीडितले जानकारी दिए। गाउँ जान नसकेका उनीहरु सदरमुकाममा महिला मानवअधिकार रक्षक सञ्जालमा शरण लिन पुगेका छन्।