Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » » » » » » » » » » ढलबाट कैदी फरार
Haamro BlogLatest Tips And TricksBlogger Tricks

काठमाडौं-केन्द्रीय कारागारका एक कैदी ढलभित्र छिरेर फरार भएका छन्। लागुऔषध कारोबारको अभियोगमा दुई वर्ष सजाय तोकिएका सुरज सिंह बुधबार कारागारको शौचालय र फोहोर निकाल्न बनाइएको २ सय ५० मिटर लामो ढलबाट भागेका हुन्।


उनी सुन्धारास्थित कारागारको ढलबाट छिरेर त्रिपुरेश्वरको पशु अस्पतालमा निस्किएको प्रहरीले जनाएको छ। 'अहिलेसम्मको अनुसन्धानमा उनी ढलबाट भागेको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुबोध घिमिरेले नागरिकसँग भने, 'खोजी गर्न सुरक्षाकर्मी खटाइएको छ।'

यसअघि केन्द्रीय कारागारबाट विभिन्न बहानामा सुरक्षाकर्मीसहित बाहिर निस्किएका कैदी–बन्दी सुरक्षाकर्मीकै मिलेमतोमा भाग्दै आएका थिए। उपत्यकाबाहिरमा कारागारबाट कैदी सुरुङ खनेर भागेका उदाहरण पनि छन्। तर, केन्द्रीय कारागारभित्रको ढलबाटै कैदी फरार भएको घटना पहिलो हो।

सुरक्षा अधिकारीका अनुसार ०६४ सालमा एक कैदी यसैगरी ढलभित्र छिरे पनि अड्किएर कराएपछि अरू कैदीको सहयोगमा निकालेर ज्यान जोगिएको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी रणबहादुर चन्दका अनुसार सर्लाही रहुवा–५ का सिंह असार २ गते एक हजार 'एम्पुल ब्रुपिनर्फिन' र 'डाइजेपाम'सहित काठमाडौंमा पक्राउ परेका थिए। उनले भारतीय नाकाबाट लागुऔषध ल्याएर काठमाडौंमा बिक्री गर्दै आएको अनुसन्धानमा खुलेको थियो। काठमाडौं जिल्ला अदालतले साउनमा उनलाई दुई वर्ष कैद सजाय र १ लाख जरिवाना तोक्दै केन्द्रीय कारागार पठाएको थियो। चार महिना कैद भोगिसकेकाले उनको सजाय १८ महिना बाँकी थियो।

कारागार सुरक्षा स्रोतका अनुसार बुधबार बिहान साढे ६ बजेसम्म उनी कारागार परिसरमै देखिएका थिए। बिहान अन्य कैदी–बन्दीसँगै देखिएका उनी ११ बजे खाना खान नआएपछि खोजी सुरु भयो। बेलुकीतिर मात्रै भागेको निष्कर्ष निस्किएको थियो।

केन्द्रीय कारागारको सुरक्षाबारे जानकार अधिकारीका अनुसार कारागार निगरानीमा दुई सय प्रहरी खटिएका हुन्छन्। पर्खालमा करेन्टसहितको फलामेतार हुन्छ। यस्तो पर्खाल नाघेर भाग्न असम्भव भएको निष्कर्ष निकाल्दै सुरुमा उनी भित्रै लुकेको वा कुनै दुर्घटना भएको शंका गरिएको थियो।

सुरक्षाकर्मीलाई छक्याएर मूलढोकाबाटै त बाहिरिएनन् भन्दै त्यहाँ जडान गरिएको क्लोज–सर्किट टेलिभिजनसमेत हेरियो। उनी देखिएनन्। कारागारभित्र कतै फेला नपरेपछि पछाडिको ढलबाट भाग्ने प्रयास गरे कि भन्दै खोज्न थालियो। ढलबाहिर एउटा चप्पल फेला पर्‍यो। त्यही आधारमा ढलबाट भागे कि भन्ने ठानियो। कारागार प्रशासन, सुरक्षा अधिकारीले ढलको बीचैमा अड्किएको आशंका गर्दै सफा गर्न लगाए। तै फेला परेनन्।

कारागारभित्र फेला नपरेको र पर्खाल नाघ्न असम्भव भएकाले प्रहरी टोली ढल जोडिएको पशु अस्पताल परिसर पुग्यो। त्यहाँ सोधपुछ गरेपछि बल्ल उनी त्यही ढलबाट भागेको पुष्टि भयो।

अनुसन्धान अधिकारीका अनुसार पशु अस्पतालमा ढलभित्र पानी पठाउन खोलिएको स्थानबाटै सिंह बाहिरिएका थिए। अस्पतालका प्रत्यक्षदर्शीका अनुसार उनको शरीर पूरै ढलले पुरिएको थियो। डुङडुङ गन्हाउने व्यक्ति अस्पताल परिसरमा फेला परेपछि त्यहाँका सुरक्षा गार्डले 'पागल' भन्दै लखेटेका थिए।

'उनले नजिकै स्थानीयबासीले प्रयोग गर्ने धारामा नुहाएको र पाइन्ट मागेर लगाएको थाहा भएको छ,' एसएसपी घिमिरेले भने, 'नुहाउँदा एक स्थानीय बालकले देखेका रहेछन्, उनलाई तस्बिर देखाउँदा सिंह नै भएको पहिचान गरे।' ढल क्षेत्रको अनुगमन गर्दा गोडाका डामसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल अनुगमन गरेका एक सुरक्षा अधिकारीका अनुसार कारागारभित्र ढलको मुख साँघुरो भए पनि निस्कने ठाउँ फराकिलो थियो। उनी सुरुमा खुट्टा छिराएर ढल पन्छाउँदै बाहिरिएको सुरक्षा अधिकारीको अनुमान छ। दुब्लो भएकाले उनलाई यसरी भाग्न सजिलो भएको प्रहरी बताउँछ।

सुरक्षा प्रणालीमा भ्वाङ

गोलघर, भद्रगोल र कारागार गरी तीन तहमा विभाजित केन्द्रीय कारागारमा सुरक्षा चुक भएको यो पहिलो घटना हैन। त्यही कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी–बन्दी कोही दरबारमार्गमा फेला परिसकेका छन् भने कोही अस्पतालमा स्वास्थ्य जाँचको बहानामा फरार भएका छन्।

यही कारागारभित्र नक्कली भारू कारोबारमा संलग्न अभियोगमा बन्दी युनुस अन्सारीलाई गोली हानेर हत्या प्रयास भएको थियो। सुरक्षा जाँचपछि मात्रै पुगिने कैदी–बन्दी भेटघाट कक्षमै उनीमाथि गोली हानिएको थियो।

करिब दुई सय सुरक्षाकर्मी परिचालित यो कारागारमा कैदीको गतिविधि निगरानी गर्न ७ वटा 'हाई–प्वाइन्ट भ्यू' छ भने २० वटा 'लो प्वाइन्ट भ्यू' छ। सुरक्षा अधिकारीले केन्द्रीय कारागार अतिसुरक्षित भएको दाबी गर्दै आएका छन्। युनुस हत्या प्रयासपछि जनशक्ति थप्दै डिजिटल सुरक्षा निगरानीका लागि महानगरीय प्रहरी आयुक्त कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखाले 'क्लोज–सर्किट' टिभी जडान गरेको छ।

केन्द्रीय कारागारमा कुख्यात स्वदेशी अपराधी चक्रे मिलनदेखि भारतीय माफियाका सदस्य उदय सेट्टी, अन्तर्राष्ट्रिय सिरियल किलर चार्ल्स शोभराजसम्म छन्।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply