Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » » मलाई कामुक ( SEXY) देखिन मन पर्छ : ज्योति [My Brest Make Me sexy ]
Haamro BlogLatest Tips And TricksBlogger Tricks

नेपाली लोक सांगेतिक क्षेत्रको ब्यापकता संगै यस क्षेत्रमा भित्रिने कलाकारहरुको संख्या पनि गुणात्मक रुपमा थपिदै गएको छ । करिब ७ वर्ष अघि गोविन्द मानन्धरको “मन किन टाढा छ” बोलको गितबाट आफनो सांगेतिक यात्रा सुरु गरेकी ज्योति मगर यति बेला लोक सांगितिक क्षेत्रमा बेग्लै पहिचान बनाउदै चर्चाको शिखरमा छिन् । “उहि मुलाको सिन्की उहि मुलाको चाना र जिम्माबाल बा की छोरी” जस्ता चर्चित गीतमा स्वर दिएकी ज्योति यतिबेला एन टिभी प्लसको एउटा अन्र्तवार्ताबाट अलि विवादित बनेकी छिन् । उनले लगाएको पहिरन उत्ताउलो भन्दै अन्तरवार्ता प्रशारणमा रोक लगाएपछि उनि झन् चर्चामा छन् । आफैले अभिनय गरेको पछिल्लो गितको म्यूजिक भिडियोका केहि दृश्यहरुले पनि ज्योतिका बारेमा उनको पछाडि नराम्रा कुरा काट्नेहरुलाई केही अवसर दियो । लोक गितमा परम्परागत शैली भन्दा केहि फरक दिन पाए लोक विधामा नयाँ अध्यायको सुरुवात हुने थियो भन्ने ज्योतिको मान्यता छ । करिब २ दर्जन गितमा स्वर दिएकी ज्योति मगरसंग लुम्बिनी टाइम्सका लागि चिन्ता परियारले गरेको कुराकानी ।
तपाईको पछिल्लो एल्बम ? 
मैले पछिल्लो पटक ‘पिरतिमा दम छ’ नामक लोक एल्बम बजारमा ल्याएकी छु ।
सांगितिक यात्राको सुरुवात कसरी गर्नुभयो ?
मैले ०६४ सालतिर गोविन्द मानन्धर आर्चायको मन किन टाढा छ बोलको गितबाट यो यात्राको सुरुवात गरेकी हुँ ।
अहिले सम्म झण्डै कति गितमा स्वर दिनुभयो ? 
त्यति धेरै त होईन फेरि पनि संख्यामा भन्नुपर्दा करिब दुई दर्जन जति गितमा मैले स्वर दिएकी छु ।
अध्ययनलाई कहाँ सम्म पुराउनुभयो ?
आई. ए.पढदा पढदै छोडियो हजुर ।
सांगितिक क्षेत्र नै किन रोज्नुभयो ? 
खासमा भन्नु पदा अन्य क्षेत्रमा मेरो कहिल्यै पनि ध्यान गएन । मनमा खाली संगीत संगीत संगीत आउथ्यो त्यो भएर पनि यसै क्षेत्रमा प्रवेश गरे ।
आम्दानीबाट कति सम्म सन्तुष्ट हुनुहुन्छ ? 
करोडौ कमाउने व्यापारीहरु पनि आफनो आम्दानीबाट मानसिक रुपले सन्तृष्ठ हुदैनन् फेरि, हामी कलाकार ।
श्रोताहरुलाई कस्ता गीत दिन पाए हुन्थ्यो जस्तो लाग्छ ? 
आज म जहाँ छु र जे जस्तो छु त्यो सबैको कारण मेरा आत्मिय श्रोताहरु हुनुहुन्छ । उहाँका माया र ममताले मलाई साधारण ज्योतिबाट लोक गायिका ज्योति बनाएको हो । त्यसैले म सधै मेरा श्रोताहरुलाई कालजयी गित दिन पाए हुन्थ्यो जस्तो लाग्छ ।
सांगितिक क्षेत्रमा ग्ल्यामर किन आवश्यक छ ?
तरकारीमा जसरी नुनको आवश्यकता हुन्छ । त्यसरी नै संगीतलाई पनि ग्ल्यामर चाहिन्छ । ग्ल्यामर गितमा मात्र होईन त्यसको शब्द, भाव अनि संगीतमा हुनुपर्छ । अनि फेरि त्यहि ग्ल्यामर गितको म्यूजिक भिडियो पनि हुनु पर्छ । अर्थात ग्ल्यामर भनेको यस्तो चिज हो जो कतै न कतै हुनै पर्छ । जस्लाई राम्ररी पहिचान गर्न सक्नु पर्छ, बुझ्नु पर्छ । गितको शब्द, भाव र संगीतलाई मध्यनजर गरी त्यसमा भेषभुषा र श्रृगार गरी गितको म्युजिक भिडियोको परिकल्पना गरिएको हुन्छ । जुन नबुझी कमेन्ट गर्नु भनेको लाटो देशमा गाँडा तन्नेरी हुनु जस्तै हो ।
पछिल्लो समय तपाईका केहि गित हेर्दा तपाईले मौलिकतामा सिमित लोक सांगितिक क्षेत्रलाई नयाँ आयाम पो दिन खोजेको हो कि जस्तो लाग्छ, खास के हो ? 
धेरै राम्रो प्रश्न गर्नु भयो । वास्तवमा मैले त्यहि चोहेकी हु । केहि फरक गरौ र लोक सांगितिक क्षेत्रमा नयाँ अध्यायको सुरुवात गरौ भन्ने मेरो मुल अभिप्राय हो ।
ज्योति जी, नेपाली लोकसंगीत जहिले ढाकाटोपी र गुन्युचोलीमा देखियो तर अहिले तपाइँले अलिक धेरै कामुक खालका भिडियो र तस्वीरहरु ल्याउनुभयो, यसको कतिपयले आलोचना पनि गर्छन्, तपाइँ के भन्नुहुन्छ ? 
हो, मैले केही परिवर्तन गर्न खोजेँ । जसरी मान्छेलाई रोमान्चित बनाउन सकिन्छ त्यही गरेको हो । मेरा फोटोहरु पनि प्रायः अलि कामुक नै हुन्छन् । मलाई कामुक देखिन मन पर्छ । तर फेरि मैले गुन्युचोली र ढाकाटोपीलाई माया नगरेको हैन, साडीमा खिचिएका तस्बीरहरु पनि छन । नभए फ्यान पेजको वाल चेक गर्नुस ।
THIS NEWS IS COPY FROOM LUMBINITIMES.COM

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply