Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » सुत्नु भन्दा अगाडि मिबाइल नचलाउनुस
Haamro BlogLatest Tips And TricksBlogger Tricks

सुत्नुअघि मोबाइल चलाउन छाडिदिनुस्
तपाईमा सुत्नुभन्दा अघि मोबाइल हेर्ने बानी पक्कै पनि हुनुपर्छ । नयाँ इमेल केही पो आयो कि ! फेसबुक च्याटमा कसैले केही पो भनिरहेको छ की ! ट्वीटरमा के ट्वीट भइरहेको छ र अन्त्यमा भोली बिहान त उठ्नु नै छ, अलाम सेट त गर्नै पर्यो ! यस्तै - यस्तै कारणले पनि सुत्नुअघि मोबाइल चलाउने गरिन्छ ।
यसरी मोबाइलमा रमाउदै गर्दा रात छिप्पिन सुरु हुन्छ र शरिरलाई चाहिने आवश्यक निन्द्रा पुग्दैन । मनोरोग विशेषज्ञ भन्छन् 'निन्द्रा नपुगेपछिको पहिलो असर नै दिमाखमा पर्न सुरु हुन्छ ।'इन्टरनेट हेर्दैगर्दा स्त्रिनले दिने चमकले आखालाई चनाखो बनाइ राख्दछ । आँखाले आनन्द लिन थालेपछि मानिस रोमाञ्चित हुदै जान थाल्दछ, त्यतिन्जेलसम्म दिमाखपनि चनाखो नै भइबस्नुपर्ने हुन्छ ।
सुत्नु भनेकै निरन्तर काम गर्दै शरिरका कोशिकालाई आराम गर्न दिनु पनि हो । शरिरका कोशिकालाई आराम गर्न दिइएन भने टोक्सिन अर्थात एक प्रकारको बिष उत्पादन हुन सुरु हुन्छ र त्यसको प्रतक्ष्य असर दिमाखमा देखापर्दछ ।
साधारणतया ७ देखी ९ घण्टा सुत्नको लागि समय चाहिन्छ । त्यो भन्दा कम सुत्ने मानिसमा ध्यान केन्द्रित गर्न नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास हुने, हेर्दा स्वस्थ्य नदेखिने (नेपाली उखानमा नुन खाएको कुखुरा जस्तो ) समस्याहरु देखापर्दछ ।
राती १० बजे सुत्दै हुनुहुन्छ भने ९ बजे नै मोबाइल फोन प्रयोग गर्ने छाडिदिनुपर्दछ । एक घण्टापछि सुत्नको लागि तयार हुदैगर्दा दिमाखले आरामको लागि तयार हुन थाल्दछ र दिमाखलाई डिजिटल डोमेनले प्रभावमा राख्न पाउदैन ।
बिजनेश इन्साइडले तयार पारेको  भिडियोमा मनोरोग विज्ञानका प्रोफेसर डा. डानियल सिगलले यसै भनेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply