Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

New Lok Song Pipalu Ra Bar Chha :

भिडियो हेर्न माथीको बक्समा हेर्नुहोस 
Title: Pipalu Ra Bar Chha
Vocal: Mahendra Shahi and Devi Gharti
Lyrics: Dhanraj Yogi
MUsic: Jeeban Shahi
Male CRBT:- 0160031122, Female CRBT:- 0160031121
Music Company: WORLD COVER MEDIA PVT.LTD.

Bindu Pariyar's Hot Dance

VIA YOUTUBE
Watch HOt Bindu pariyar's Hot pole dance on USA

Five Nepali Killed In Building Collapse In India [ Video ]

रोजगारका लागि भारत गएका पाँच नेपाली सहित कुल १५ जनाको मृत्यु, भिडियो हेर्नुहोस

Comedy Show : What The Flop , 1st January 2014


Jire Khursani 30 December 2013 Full Episode

Jire Khursani is one of the most popular Nepali comedy TV serials jointly written and directed by duo Jitu Nepal Mundre and Shiwa Hari Paudel Ashina Prasad.Oher main characters are Rajaram Paudel Pareko behorumla, Kiran KC Rata Makai, Bhok Lagyo etc.
Jire Khursani today full episode, jire khursani latest new episode this week full, jire khursani full episode this week, jire khursani December, jire khursani December 30 2013, jire khursani 30th dec 2013 full new episode.Watch full episode of Jire khursani 30 December 2013 in high quality HD on you Imac, MacBook air, IPhone, android phone, Samsung, Sony Nokia, Motorola, iPad, Tablets, Fablets, Windows 8.1, windows 8, Vista, XP, Linux and other devices online free this week full new episode.
This Video Is Embed From Youtube :) If you are author or uploader of this Video Please email us on nplzboy25@gmail.com , We will Remove it immediately Thanks. 

Meri Bassai December 24 Full


Meri Bassai 24 December 2013 
Full Episode is a Nepali television series that began in 2006.Sitaram Kattel as Dhurmus is the script writer, co-director and one of the major actors and mostly loved tv show of Nepal.

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा


२७ मंसिर, काठमाडौं । पुलिसलाई पराजित गर्दै डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एनसेल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरे
को छ । बिहीबार भएको खेलमा मनाङले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा पुलिसले २९ औं मिनेटमा रविन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ५६ औं मिनेटमा मनाङका योनाले गोल गर्ने मौका गुमाए ।
६८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले बराबरी गोल फर्काए । खेलको ८४ औं मिनेटमा पाएको फि्र किकमा पुलिसका भोला सिलवालको प्रहारमा सुमन सुवेदीले हेडगोल गोल गरेपनि रेफ्रीले अफसाइड दिए । ८६ औं मिनेटमा योना इलियसले मनाङका लागि गोल गरे । खेलमा थप गोल हुन सकेन र मनाङ २-१ को जितका साथ अन्तिम चारमा पुग्यो 

एमाओवादीलाई कोइरालाको प्रश्न : नमान्ने भए कहाँ जाने ?

२७ मंसिर, काठमाडौं । आफैंले बनाएको संविधानसभा अदालतलाई नमानेर एकीकृत नेकपा माओवादीले कानूनको शासन एवं जनतामाथि खेलवाड गर्न खोजेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आरोप लगाउनुभएको छ । एमाओवादीले भनेजस्तो धाँधलीको छानविन गर्ने आयोग बन्न नसक्ने र संविधान पनि सशोधन नहुने डा. कोइरालाको भनाइ छ ।
sekher-koirala-1
‘संवैधानिक अदालत बनाउनुपर्छ र यस्ता विवादहरु त्यहीँबाट टुंगो लगाउनुपर्छ भन्ने उहाँहरु नै हो, आज त्यही संविधानसभा अदालतबाट चुनावमा भएको भनिएको धाँधलीबारे अनुसन्धान गरौं भन्दा उहाँहरु नै मानिरहनुभएको छैन’, डा. कोइरालाले अनलाइनखबरसँग भन्नुभयो- ‘अदालतलाई नमान्ने भए कहाँ जाने ?’
बाह्रबुँदे समझदारीयताका शान्ति प्रक्रिया र सम्वादमा सक्रिय भूमिका खेल्दै आउनुभएका सभासद् कोइराला यतिबेला भने तीन दलीय वार्ता र छलफलमा देखिनुभएको छैन । तर, सहमतिविना अर्को बाटो नभएको उहाँको भनाइ छ । विहीबार अनलाइनखबरसँग कुरा गर्दै कोइरालाले भन्नुभयो, ‘सहमतिविना अर्को बाटो छैन, सहमतिको सरकार बनाउनका लागि अन्तरिम संविधानको धारा ३८-१)मा स्पष्ट व्यवस्था छ । ठूलो दल बनेको नेपाली कांग्रेस एमाले, एमाओवादी र मधेसवादीलगायतका दलहरुसँग मिलेर ३८-१) अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउन चाहन्छ ।’
सहमतिको सरकार गठनका लागि एमाओवादीले भनेजस्तो अन्तरिम संविधान संशोधन गरिराख्न जरुरी नभएको कोइरालाले बताउनुभयो । ‘कम्युनिष्ट पद्दतिमा बहुलवाद हुँदैन, त्यसैले आफ्नो बहुमत नआएपछि उहाँ-एमाओवादी)हरु सहमतीय प्रणालीको कुार गरिराख्नुभएको छ, तर संविधानको धारा ३८(१) मा सहमतीय सरकारको कुरा छँदैछ ।’ उहाँले भन्नुभयो, ‘यो कुरा युक्तिसंगत भएन, उहाँहरु आफ्नै कुरा आफैं काटिरहनुभएको छ, २५ बूँदेमा उहाँहरुले किन सोच्नुभएन ?’
एमाओवादीले भनेअनुसार धाँधलीबारे छानविन गर्ने उच्चस्तरीय आयोग गठन गर्न कांग्रेस तयार छ कि छैन भन्ने प्रश्नमा कोइरालाको जवाफ छ, ‘कहीँ कतै धाँधली भयो होला, तर समष्टिगत धाँधली भयो भन्नु हारको मानसिकता मात्रै हो ।’ कोइरालाले अगाडि भन्नुभयो, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाईसमेत उहाँहरुले लाञ्छना लगाउनुभएको छ, आफैंले बनाउनुपर्छ भनेको संवैधानिक अदालतलाई पनि मान्दिँन भन्नुभएको छ, यो त कानूनी शासनकै खिलाफ हो । यो जनतामाथिकै खेलवाड हो । यस्तो कुरा गर्नु कसरी युक्तिसंगत हुन सक्छ ?’
नेपाली सेनाले समेत धाँधली गर्‍यो भन्ने छ नि भन्ने प्रश्नमा कोइरालाले भन्नुभयो, ‘मैले तपाईहरुकै अनलाइनखबरमा चुनावअघि दिएको अन्तरवार्तामा भनेको थिएँ, सेना परिचालन नगरौं । तर, आर्मी परिचालन गर्नुपर्छ भनेर प्रस्ताव ल्याउने को हो ? एमाओवादी नेताहरु नै होइनन् ? अहिले हारेपछि यस्तो कुरा गर्न मिल्छ ?’
राष्ट्रपति परिवर्तन गर्नुपर्छ भन्ने एमाले र एमाओवादीको मागप्रति पनि कांग्रेस नेता कोइरालाले ठाडै असहमति जनाउनुभयो । ‘यो त झन् कुनै ईश्यु नै होइन, राष्ट्रपतिको पदावधि अन्तरिम संविधानको ३८ ग ले स्पष्ट तोकेको छ,’ उहाँले थप्नुभयो- ‘म त २५ बुँदे बाधा अड्काऊ फुकाउने आदेशको पनि आलोचक हुँ, त्यसबेलै उहाँहरुले यसबारे किन केही उल्लेख गर्नुभएन ?’
मंसिर २९ गते कसरी सहमति होला ?
एमाओवादीले राख्दै आएका दुईवटा मागहरुका विषयमा मंसिर २९ गते उच्चस्तरीय राजनीतिक समितिमा छलफल हुँदैछ । तर, कांग्रेस नेता कोइरालाको कुरा सुन्दा नेपाली कांग्रेस न त उच्चस्तरीय आयोग बनाउने पक्षमा छ, न त अन्तरिम संविधान संशोन गर्ने पक्षमा नै । यो अवस्थामा २९ गतेको बैठकमा कसरी सहमति होला भन्ने संशय देखिन्छ ।
नेपाली कांग्रेस र एमाले नेताहरुले संसदीय समि
ति बनाएर चुनावको धाँधलीबारे अनुसन्धान गर्न सकिने प्रस्ताव गरेका छन् । तर, डा. कोइराला भने संवैधानिक निकायले सम्पन्न गरेको चुनावमाथि त्यसरी संसदलाई अधिकार दिएर छानविन गर्नु युक्तिसंगत नहुने तर्क गर्नुहुन्छ । ‘निर्वाचन प्रणालीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेबारे संसदले अध्ययन गर्न सक्छ तर, निर्वाचन आयोगले सम्पन्न गरेको चुनावको वैधानिकतामाथि नै प्रश्न उठाउने अधिकार संसदलाई दिनु कत्तिको युक्तिसंगत होला ?’ डा. कोइरालाको प्रश्न छ ।
चुनावको धाँधली, संविधान संशोधन र राष्ट्रपति प्रकरण लगायतका तीनवटै प्रश्नमा कांग्रेस नेताको यस्तो अडान देखिएकाले अब २९ गतेको वार्तामा या त एमाओवादी लुरुलुरु सहमतिमा आउनुपर्ने हुन्छ, या त पुनः केही दिन दलहरुवीच यस्तै असहमति यथावत रहने सम्भावना देखिन्छ ।
सहमतिमा नआउनेभए आफैंले चलाए हुन्छ : पौडेल
नेपाली कांग्रेस सहमितमा नआउने भए आफंले सरकार चलाएर संविधान बनाए हुने एाओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलको जवाफ छ । ‘धाँधलीको छानविन गर्ने र सहमतीय प्रणाली आत्मसाथ नगरेसम्म हामी जाँदैनौं, यी दुई विषयमा सहमतिमा नआउने हो भने कांग्रेसले आफैं चलाए हुन्छ ।’ पौडेलले भन्नुभयो, हामीले कांग्रेस र एमालेले धाँधली गरे भनेका होइनौं, सम्वन्धित निकायबाट धाँधली भएको हो भनेका हौं, यसको छानविन गर्दा कांग्रेस र एमालेलाई पनि फाइदै हुन्छ ।’ कांग्रेस र एमाले सहमतिमा नआउने र आफ्ना मागहरु सम्बोधन नगर्ने हो भने आफूहरु प्रक्रियाबाट बाहिरै बस्ने पौडेलले चेतावनी दिनुभयो ।